एक विद्यालय एक इकाई घाेषणामा लाग्यो एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन ,एकै दिन तिनपालिकामा घाेषणा (सम्पूर्ण तस्बिर हेर्न सक्नु हुने छ)
दीपशंकर चाैलागाई
दाेलखा १ असार।एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन दाेलखाले पहिलो पटक एक विद्यालय एक इकाई घाेषणा गरेको छ ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिति दाेलखाले कालिञ्चोक, विगु र गौरीशंकर गाँउपालिकाको संयूक्त रूपमा एक विद्यालय एक इकाई घाेषणा गरेकाे हाे ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय कमिटीका अध्यक्ष शंकर अधिकारीको प्रमुख आतिथ्यता दाेलखाकाे सिंगटीमा तीनओटा पालिकाको घोषणा ऐतिहासिक रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका शङ्कर अधिकारीले राजनीति समाज, क्षेत्र र विचारसँग जोडिने विषय भएकाले यसबाट शिक्षकलाई बर्जित गर्न नमिल्ने धारणा राख्नुभएको छ। “शिक्षकहरू शिक्षण पेसा र विकासमै जोड दिनु पर्ने कुरा सही हो। तर संविधानले कसैलाई पनि राजनीतिक पार्टीमा आस्था राख्न नपाउने भन्दैन। कुन संविधानमा टेकेर ऐन बनाइयो र केको आधारमा निर्णय गरियो थाहा छैन,” अधिकारीले भन्नुभयो ।कार्यक्रममा बागमती प्रदेशको पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्का, तीनओटा पालिकाका ,अध्यक्षहरूकाे उपस्थिति रहेकाे थियोे।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनकाे
केन्द्रीय भवन निर्माणमा सहयोग गर्ने शिक्षकहरूलाई सम्मान र अन्य सङ्गठन परित्याग गरी प्रवेश गर्ने शिक्षकहरूलाई स्वागत गरेकाे एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनु भयाे ।
Leave a Reply