साढे चार किलोमिटर कालाेपत्रे नगरे ,जनता मागे मुआब्जा
पब्लिक समाचारदाता
दाेलखा २७ जेठ ।माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दाेलखाली नागरिक बिच गरेकाे सम्झौता अनुरूपकाम नगरेकाे भन्दैअनाथलय-रातमाटे-तार्थली-तिखातल वाईपास सडक सरोकार समिति आन्दोलन घाेषणा गरेकाे छ ।
साढे चार किलोमिटर सडक निर्माणकाे जग्गा विना मुआब्जा माथिल्लो तामाकोशी हाईड्रो पावर लि उपलब्ध गराए बापत उक्त सडक स्तरोन्नती (कालोपत्रे) गर्ने भनि सहमती गरेकाेमा हाल सम्म उपक्षाकाे सिकार बनाई रहेको भन्दै नागरिक आन्दोलनमा उत्रिएका छन ।
माथिल्लो तामाकोशी हाईड्रो पावर लिमिटेड. सरोकार समिति, भिमेश्वर नगरपालिका , जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र सबै राजनीतिक दलहरु संग पटक/पटक भएको सहमती अनुसार उक्त सडक कालोपत्रे गर्ने भनिएतापनि हालसम्म उक्त कार्यान्वयन नगरे पछि आन्दोलनमा उत्रिएको वडा अध्यक्ष हरिशरण शिवाकोटीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयाे ।
२०७४ मंसिर ४मा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका सवारीका साधनलाई आवागमनमा स्थानीयले अवरोध गरे पूर्व सूचना तथा संचार मन्त्री पार्वत गुरुङको उपस्थितिमा साे निर्णय भएपनि हाल सम्म माथिल्लो तामाकोशी हाईड्रो पावर लिमिटेड का पदाधिकारीकारीहरू कुभ्भकर्णकाे निन्द्रा परेकाले आन्दोलनकाे शंख घाेष गरेकाे अनाथलय-रातमाटे-तार्थली-तिखातल वाईपास सडक सरोकार समिति अध्यक्ष धुर्ब खत्री संचारकर्मीहरूलाई बताउनुभयो ।
सदरमुकाममा चरिकोट भएर गुड्ने माथिल्लो तामाकोश हाईड्रो पावर लगायत अन्य हाईडाे पावरहरुको कुनै पनि सवारी साधनहरु आवागमनमा गर्ने नदिने जनप्रतिनिधि सहित स्थानीयवासी आन्दोलन घाेषणा गरेकाछन।
माथिल्लो तामाकोसी जलविद्युत आयोजना,स्थानीय प्रशासन,सराेकारवाला जनप्रतिनिधि ,राजनीति दलका प्रमुख ,नागरिक समाजका अगुवाहरू पटकपटक जानकारी गराएकाेले २०८१ जेठ २५ काे अल्टिमेटम दिएकाेमा झन स्थानीय कमजोरी ठानि उपेक्षा गरेकाेले आन्दोलनकाे आँधिबेरी सृजना गर्ने घाेषणा गरेकाे नागरिक समाजका अगुवा डम्बर चाैलागाई बताउनुभयाे।उहाँ भन्नुभयो आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मेवारी सम्वन्धित निकाय लिनुपर्ने छ
।एउटै प्रकृतिको काम (सिंगटी-लामावगर) मा हाल सम्म पनि सडक हेरालु र सडक मर्मत सम्भार गरि माथिल्लो तामाकोशी हाईड्रोको करोडौं खर्च गर्न सक्ने तर माथिल्लो तामाकोशी हाईड्रो पावर लि. आफैले निर्माण गरेको वाईपास सडक ४.५ कि.मी. स्तरोन्नती (कालोपत्रे) गर्न चासो नदेखाउने हो भने उक्त करोडौको जग्गाको क्षति पुर्ति दावि गर्नुको साथै चरण बद्द स-सक्त आन्दोनको घोषणा गरि कर्मचारीहरुले प्रयोग गर्ने सवारि साधन र हेभि मालवाहक गाडीलाई समेत जिल्ला बाहिर जान र जिल्ला भित्र प्रवेशमा रोक लगाउने छाै स्थानिय युवा कृष्ण गाैतमले भन्नुभयो ।
Leave a Reply