
दीपशंकर चाैलागाई
पब्लिक समाचारदाता
दाेलखा २७ जेठ । नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघ अन्तर्गत रहेको राष्ट्रिय महिला उधमी जिल्ला कार्यसमिति दाेलखा गठन भएको छ ।
महिला सशक्तीकरण ,समाजमा सक्षम महिला नेतृत्व निर्माण ,आर्थिक रूपमा सबल बनाउन व्यवसायीकी करण गर्ने उदेश्यले नेपाल कपडा तथा सिलाई व्यवसाय संघ दाेलखाले देशमै पहिलोपटक जिल्ला स्तरीय राष्ट्रिय महिला उधमी जिल्ला कार्यसमिति दाेलखा गठन गरेका छ ।
जुन घरमा महिला सक्षम छ,त्यो घर स्वार्गसरि हुने छ हामी हरेक घरलाई स्वार्ग बनाउन चाहान्छाै,त्यसैले देशमै पहिलोपटक नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघ का केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ र महासचिव ईश्वर नेपाली ,बागमती प्रदेश संयाेजक अमृता श्रेष्ठ बाेलामीकाे राेवरमा रविना भुजेलकाे संयाेजकत्वमा पच्चीस सदस्यीय राष्ट्रिय महिला उधमी जिल्ला कार्यसमिति दाेलखा गठन गरेकाे नेपाल कपडा तथा सिलाई व्यवसाय संघ दाेलखनका अध्यक्ष हरिकृष्ण नेपालीले बताउनुभयो ।
राष्ट्रिय महिला उधमी जिल्ला कार्यसमितिदाेलखाकाे
सह संयाेजक रमिक्षा भुजेल ,सचिव मन्दिरा श्रेष्ठ ,सहसचिव सिता बिक,काेषाध्याक्ष सिता थापा गाैतम रहेकाछन ।
समितिका सदस्यहरू शान्ति श्रेष्ठ ,मन्दिरा बुढाथोकी ,यामुना श्रेष्ठ ,पार्वती श्रेष्ठ ,कालिका सापकोटा ,सविता फुयाल ,सन्ताेषी थामी ,सुशील थामी,सरस्वती श्रेष्ठ ,अञ्जु श्रेष्ठ ,अनिता तमाङ,रूपा तामाङ ,दुर्गा श्रेष्ठ ,कल्पना खत्री ,शान्ता ताेलाङगे,सम्झना अधिकारी ,सुष्मा श्रेष्ठ र मैना नेपाली रहेको छन ।
प्रथम जिल्ला अधिवेशन हर्साेउल्लासका साथ सम्पन्न भएकाे छ। नवगठित राष्ट्रिय महिला उद्यमी दाेलखा जिल्ला कार्यसमितिलाई भिमेश्वर नगरपालिका की उप प्रमुख कमला बस्नेत ,भिनपा वडा नं ६का अध्यक्ष नवीन लामा,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाई ,नेपाल कपडा तथा सिलाई व्यवसाय संघ दाेलखाका अध्यक्ष हरिकृष्ण नेपाली ,नेपाल कपडा तथा सिलाई व्यवसाय बागमती प्रदेशका संयाेजक अमृता श्रेष्ठ बलामी , नेपाल रेडक्रस साेसाईटी दाेलखा शाखाका पुर्व अध्यक्ष गाेकर्ण प्रसाद पाेखरेल लगायतले बधाई तथा शुभकामना प्रदान गरेकाछन।
Leave a Reply