स्मरण कामकाे हुन्छ,व्यक्तिकाे हाेईनः केन्द्रीय अध्यक्ष श्रेष्ठ

 पब्लिक संवाददाता      शनिबार, जेष्ठ २६, २०८१      0

दाेलखा २६ जेठ।
नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सरकारले दुई थान सटिङ सुटिङका कपडा राखी व्यबसाय संचालन गर्ने उद्ममीलाई भ्याटमा जानू पार्ने बाध्यकारी नियमलाई खारेज गर्न आदाेलन गरि बर्तमान नेतृत्वले व्यवसायीकाे हितमा काम गरेकाे बताउनुभयो ।

नेपाल सरकारका पूर्व अर्थ मन्त्री युवराज खतिवडाले साना व्यापारी माथि गरेकाे ज्याजतीलाई आन्दोलन मार्फत दुई थान सटिङ सुटिङका कपडा राखी व्यबसाय संचालन गर्नेलाई भ्याटमा जानू नपर्ने गरि बाध्यकारी नियम लाई फिर्ता गराएकाे केन्द्रीय अध्यक्ष श्रेष्ठले जिकिर गर्नुभएको छ ।
दाेलखा सदरमुकाम चरिकोटमा नेपाल कपडा तथा सिलाई व्यवसायकाे पाँचौ जिल्ला सभालाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले साे कुरा बताउनु भएकाे हाे ।
श्रेष्ठले नेपाल कपडा तथा सिलाई व्यवसाय संघलाई ७२ जिल्लामा शाखा स्थापना गरि महासंघ बनाउदै व्यवसायी हितमा काम गरेको दावि गर्दै भन्नुभयाे”नेतृत्वको स्मरण कामकाे हुन्छ,व्यक्तिकाे हाेईन।”
नेपाल सरकारले विद्यालय स्तरमै सिपमुलक अध्यापन गराउदा कपडा तथा सिलाई का सीप विद्यार्थीलाई सिकाउन जरुरी छ।यस्ता सीप मुलुककाे आर्थिक सुदृढीकरणका लागि काेशेढुङा सावित हुनेछ श्रेष्ठले दावि गर्नुभयो ।
नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघका महासचिव ईश्वर नेपालीले महिलाहरूकाे लागि सजिलो र सुरक्षित व्यवसाय मात्र नभई युवा सर्कलमा याे आर्कषणकाे पेशा बनेको बताउनुभयो ।जातीय बिषेशकाे रूपमा हेरिदै आएकाे याे पेशा अहिले सबै जातजातिकाे लाेकप्रिय व्यवसाय बनेकाे छ,नेपाली भन्नुहुन्छ पेशा प्रती गरिने सम्मान कमी छ त्यसकाे लागि सम्पूर्ण व्यवसायी महासंघमा गाेलबन्द हुन आवश्यक छ।
व्यवसायीका आर्थिक उनन्यनका लागी राज्यबाट बढी भन्दा बढी सेवा सुविधा लिई देशमा महासंघ रहेकाे अनुभुती दिलाउन अहाेरात्र खटिरहने महासचिव नेपाली ले व्यवसायीकाे सभामा प्रतिबध्ता जाहेर गर्नुभयाे । आफै दाेलखाली छाेरा भएकाेले महासचिव नेपालीले करिब २ सय जना सीप युक्त नागरिकलाई गार्मेन खाेली व्यवसाय लगाउने उद्घघाेष गर्नुभयो ।

भिमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धरलाई मत दिएर विजय गराए पनि आफ्नो कार्यक्रम बाेलाउदा ५ मिनेट ढिलाे भयाे भनेर उपेक्षा गरेकाे भन्दै नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघका महासचिव नेपाली आक्राेस व्यक्त गर्दै फेरि पनि चुनाव आउँछ यी व्यवसायी के रहेछन भन्ने महशुस गराउने छाै । उहाकै समयलाई मध्ये नजर गरि भिश्वर नगरपालिकाकाे हलमा कार्यक्रम गर्दा पनि मेयरकाे उपेक्षाकाे सिकार भएकाेमा आम व्यासायी दुखित भएकाे बताउनुभयो ।
साेही कार्यक्रममा नगर उपप्रमुख कमला बस्नेतले भिमेश्वर नगरपालिका सधै नेपाल कपडा तथा सिलाई व्यवसाय संघ पक्षमा रहेकाे बताउनु भयाे। व्यवसायी आर्थिक समुन्नतिका लागि नगरले कार्यक्रम बनाई सहयोग गर्दै आएकाे र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबध्ता जाहेर गर्नुभयाे । भिमेश्वर नगरपालिका ६ का अध्यक्ष नवीन लामाले सभालाई सम्बाेधन गर्दै भन्नुभयो कार्यक्रम बनाएर ल्याउनुस तपाईंहरू सहयाेगमा हामी जनप्रतिनिधिहरू तयार छाै ।आयमुलक, स्वाराेजगारमुलक याेजनाकाे पक्षमा भिमेश्वर नगर रहेको छ लामाले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दीपशंकर चाैगालाईले समाजकाे ईज्जत् र पहिचान झल्काउने याे पेशा कसैले हेप्न र गिराउन नसक्ने बन्न पेशागतरूपमा गाेलबन्द हुन आवश्यक जरूरी छ ।७२ जिल्लामा मात्र नभई ७५३ वटै पालिकामा समेत समिति बनाएर अघि बढ्नुस तपाईंहरूलाई सहयोग गर्न संचारकर्मीहरू तयार रहेकाे चाैलागाईले बताउनुभयो ।

नेपाल कपडा तथा सिलाई व्यवसाय संघ दाेलखाका अध्यक्ष हरिकृष्ण नेपालीकाे सभापतित्वमा भएकाे पाँचौ जिल्ला सभालाईनेपाल कपडा तथा सिलाई व्यवसाय बागमती प्रदेशका संयाेजक अमृता श्रेष्ठ बलामी , नेपाल रेडक्रस साेसाईटी दाेलखा शाखाका पुर्व अध्यक्ष गाेकर्ण प्रसाद पाेखरेल लगायतले सम्बाेधन गर्नुभएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *