दाेलखा २४ जेठ
दाेलखाकाे कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबारबाट विश्व साईकल यात्रा सुरु गरेका छन । ।
प्रतिनिधिसभाका सांसद गंगा कार्की ‘विश्व’ ले राष्ट्रिय झण्डा प्रदान गरेर पछि साइकल यात्री कार्कीले दोलखा सदरमुकाम चरिकोटबाट यात्रा सुरु गरेका हुन।
विश्व साइकल यात्राका लागि कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठ लगायत राजनीति दलका नेताहरु प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल ,कालिञ्चाेक गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकी ,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाई सातोबाटो पुगेका थिए ।
जलवायु परिवर्तनले वातावरणमा पु¥याएको असरको विषयमा जनचेतनामुलक सन्देशसहित विश्व साईकल यात्रा गर्न लागेको साईकल यात्री कार्कीले बिदाई समारोहमा बताएका छन् ।
मुलुकका १ सय ६५ बढि देशमा साईकल यात्रा गर्ने तयारी गरेका कार्कीले यात्राका लागि करिव १० वर्ष लाग्ने अनुमान गरेकाछन।
नेपालपछि थाइल्याण्ड, मलेसिया सिंगापुर,र चिनको यात्रा गर्ने बताएका छन। कार्कीले यसअघि २०७७ र २०७८ सालमा मेची–महाकाली पैदल यात्रा तथा साईकल यात्रा मार्फत नेपालका ७७ वटै जिल्लाको भ्रमण गरेका थिए । यात्रा सुरु गर्न अघि साइकल यात्री कार्कीलाई बुबा कुमार कार्कीले आर्शिवाद दिएका छन। साईकल यात्री कार्कीले जमिनलाई ढोगेर यात्रासुरू गरेकाछन ।
स्मरण रहाेस ,यस अघि दोलखाकै भीमेश्वर नगरपालिका ७ मकैबारीका पुस्कर शाहले पनि विश्व साईकल यात्रा सफल पारेका थिए ।
Leave a Reply