पब्लिक समाचारदाता
दाेलखा ५ जेठ
नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले विश्वका शक्तिशाली राष्ट्रलाई सहजै संग परास्त गर्दै नेपाल र नेपालीका स्वाभिमान राख्न क्षेत्र खेलकुद भएकाले यसकाे विकासमा सरकारका याेजना फराकिलो हुनु पर्ने धारणा राख्नुभयाे। नेपाली खेलाडीले अमेरिका ,चिन भारत जस्ता देशका खेलाडीलाई परास्त गरि विश्व नेपालकाे सान उच्च राखेकाे बस्नेतले उदाहरण दिनुभयाे ।
उहाँले दोलखाको खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा हुने गरेर जिल्ला स्थित महासंघलाई अगाडि बढाउन नवनिर्वाचित कमिटी आग्रह गर्नुभयो ।
कार्यक्रममा महासंघका महासचिव धर्म लामा, बागमती प्रदेश खेलकुद महासंघका इन्चार्ज, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, एमाले नेता डबल पाण्डे र उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज एवम् सचिव तिर्थ बहादुर खड्का ,जिल्लाका खेलकुद इन्चार्ज वासु श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाेलखा अध्यक्ष दिपशंकर चाैलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेकपा एमाले निकट संगठन नेपाल खेलकुद महासंघ जिल्ला कमिटी दोलखाको अध्यक्षमा पून नर्बु तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
महासंघको उपाध्यक्षमा पदम बहादुर तामाङ र आकाशबाबु मुगराती, सचिव अपिल मोक्तान, उपसचिवद्धय बलबहादुर जिरेल र देवी प्रसाद ओली चयन हुनुभएको छ ।तामाङको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको महासंघले जनाएको छ ।
Leave a Reply