पब्लिक समाचारदाता
दाेलखा ५ जेठ ।
नेपालको कानुनले मात्रै महिलाकाे अधिकार प्राप्त नभएमा अन्तराष्ट्रिय अदालतसम्म महिलाहरु जान सकिने सन्धि सम्झौतामा नेपालले हस्ताक्षर गरेको खुलाशा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा सदस्य बिमला सुवेदीले गर्नुभएको छ।
महिलाहरुको पक्षमा कानुन बलियो रहेको भन्दै सांसद सुवेदीले वडा वडा र टाेल टाेलमा पुगेर आफुले जानेका कुराहरु अरू दिदी बहिनीलाई बताउन आग्रह गनुभयाे ।
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समन्वय समिति दोलखाकाे अगुवा महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्दै त्तसाे कुरा खुलाषा गर्नु भएकाे हाे ।
अनेमसंघ क्रान्तिकारी जिल्ला समन्वय समितिकी अध्यक्ष अप्सरा चौलागाईँको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम कानुन न्याय तथा मानव अधिकार समितिकाे सभापति बिमला सुवेदी, नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य, पूर्बराज्यमन्त्री देवी खड्का, अनेमसंघ क्रान्तिकारीकी बागमती प्रदेश कमिटी अध्यक्ष सुनिता गौतम, बागमती प्रदेशका वन तथा वातावरणमन्त्री, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् जिल्ला ईन्चार्ज बिशाल खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर लामाले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, पार्टीका प्रदेश सभा सदस्य, पालिका ईन्चार्ज, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत जिल्लाभरका अगुवा महिला कार्यकर्ताहरुको सहभागिता थियो ।
स्थानीय महिला नेत्रीहरूकाे उल्लेखनीय उपस्थिति रहेकाे थियोे ।
Leave a Reply