नेपाली राजनीतिका आदर्श व्यक्तित्व स्वार्गिय पशुपति चाैलागाईका नाममा खुला भलिबल प्रतियाेगिता सुरू

 पब्लिक संवाददाता      शुक्रबार, जेष्ठ ४, २०८१      0

दाेलखा ४ जेठ ।प्रथम दोलखा अन्तरजिल्ला स्तरिय पशुपति चौलागाई स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ बैत्यश्वरकाे मैनापाेखरीमा सुरूभएकाे छ ।

बागमति प्रदेश सरकारका पुर्ब मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादि उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भलिबल प्रतियोगिता उद्घाटन गर्नुभएको छ।
नेपाली राजनीतिका आदर्श व्यक्तित्व स्वार्गिय पशुपति चाैलागाईले जिवत हुदा देश जनताको लागि गरेका याेगदान सम्झाना स्वारूपमा प्रथम दोलखा अन्तरजिल्ला स्तरिय पशुपति चौलागाई स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ जस्ता कार्यक्रम हुने गरेका प्रमुख अतिथि पाण्डे उद्घाेष गर्नुभयो ।

विश्वका शक्तिशालि देशसंग प्रतिस्पर्धा गर्ने एक मात्र माध्यम खेलकुद भएकाेले यस क्षेत्रकाे विकास काे लागी सरकारकाे समेत ध्यान जान आवश्यक रहेकाे छ पाण्डेले भन्नुभयो खेलाडीहरू राष्ट्रका गहना नभई राष्ट्रका गाैरव भएकाेले हरेक खेलकाे लागि सरकारले नितिगतरूपै बजेट बिनियाेजन गर्न आवश्यक छ।

पशुपति फाउन्डेसन का अध्यक्ष सुमन चौलागाईकाे अध्यक्षता भएकाे उद्घाटन समारोहलाई राष्टिय सभा सदस्य धनश्याम रिजाल,जिल्ला समन्वय दोलखाका प्रमुख बर्जुराम घतानि,नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादि पोलिटब्युरो सदस्य क. शिव प्रसाद भण्डारी केन्द्रीय सदस्य चुनु के.सि,जिरी नगरपालिकाका मेयर मित्र जिरेल,तामाकोशि गाउँपालिका अध्यक्ष पोर्ण प्रताप के.सि,
,नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादि दोलखा अध्यक्ष भिम प्रसाद दाहाल,सचिब मोहन थापा लगायतले सम्बाेधन गर्नुभएको थियाे ।नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण मंगलवार साँझ निधन भएको छ

चौलागाईंको काेराेनाकाे कारण निधन भएको थियोे । मृत्यु हुने बेला वागमती प्रदेशका प्रदेशसभा सदस्य रहेका चौलागाई एमालेका प्रभावशाली नेता थिए ।

युवा संघका पूर्व अध्यक्ष चौलागाईं दोलखाबाट दुई पटक प्रतिनिधिसभा/संविधानसभा सांसद निर्वाचित भएका थिए

चौलागाईं २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाईं एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलको इन्चार्ज समेत थिए । उनी एमालेका प्रभावशाली नेतामा मानिन्थे ।

प्रतियाेगितामा जिल्लाका १० वटा टिमकाे सहभागीता रहेकाेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *