पब्लिक समाचारदाता
२ जेठ ,दाेलखा
मलामी लिएर घाट जाँदै गरेको बोलेरो मेलुङ गाउँपालिकाको १ पवटीमा दुर्घटना हुदा १६ जना घाइते भएकाछन ।घाइते मध्ये ५ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । उनिहरूकाे अबस्थामा गम्भीर रहेकाेले रिफर गरिएको सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालले जनाएको छ
दुर्घटनामा परि घाइते भएका मध्यम अवस्थाका मेलुङ–३ का अन्दाजी ५८ वर्षीय टीका बहादुर कार्की, ५० वर्षीय अर्जुन खड्का, ५५ वर्षीय अर्जुन कार्की, ६५ वर्षीय पुष्प बहादुर कार्की र ४० वर्षीय डिल्ली बहादुर कार्कीलाई धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दाेलखाका प्रमुख युवराज खड्काले बताउनुभयाे ।
सामान्य घाइतेहरुको भने जिल्ला सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परि ४५ वर्षीय कृष्ण बहादुर कार्की र ५० वर्षीय विर बहादुर कार्की पनि मध्यम घाइते भएका छन् । बोलेरो चालक ३० वर्षीय हरि बहादुर कार्की, ३१ वर्षीय केदार बहादुर काकी, ४३ वर्षीय मजोज कार्की, ४५ वर्षीय खम्ब बहादुर कार्की, ४३ वर्षीय गुम्ब बहादुर कार्की, ४० वर्षीय विष्णु बहादुर कार्की, ५० वर्षीय भक्त बहादुर कार्की, १८ वर्षीय समिर खड्का र १८ वर्षीय केदार कार्की सामान्य घाइते भएको दोलखाका प्रहरी नायव उपरिक्षक खड्का ले जानकारी दिनुभयो
आज साँढे ८ बजे मेलुङ–३ कुनेबाट मलामी लिएर घाट जाँदै गरेको बोलेरो पवटीस्थित भटमासेमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो
Leave a Reply