निर्माण व्यवसायी संघको अध्यक्षमा नेपाली कांग्रेसका लाेकप्रिय युवा नेता थापा निर्वाचित

 पब्लिक संवाददाता      शनिबार, बैशाख २९, २०८१      0

दोलखा २९ बैशाख । दोलखा जिल्ला निर्माण व्यवसायी संघको अध्यक्षमा राजेश थापा निर्वाचित भएका छन् ।

निकट्तम प्रतिद्धन्द्धी कृष्ण पाख्रिनलाई झिनाे मतले पराजित गर्दै थापा निर्माण व्यवसायी संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
थापाले ९० मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी पाख्रिनले ८७ मत ल्याएका छन् ।थापा नेपाली कांग्रेसका लाेक प्रिय युवा नेता हुन । सँघको वरिष्ठ उपाध्यक्षमा छविलाल तामाङ निर्वाचित भएका छन् । निर्वाचित तामाङले १ सय २ मत ल्याउँदा उनका निकट्तम प्रतिद्धन्द्धी हरिबहादुर श्रेष्ठले ७३ मत पाएका छन् । तमाङ नेकपा एमालेका जिल्ला कमिटी सदस्य हुन ।
प्रथम उपाध्यक्षमा ९४ मतसहित ईन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी कृष्णबहादुर दाहालले ८२ मत ल्याएका छन् ।श्रेष्ठ नेपाली कांग्रेसका नेता हुन ।

यसैगरी, तृतीय उपाध्यक्षमा ६५ मतसहित रमेश तामाङ निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी गणेशविक्रम शाहीले ६२ र नवराज श्रेष्ठले ४६ मत प्राप्त गरेका छन् । तमाङ नेपाली कांग्रेसका युवा नेता हुन।
सँघको सचिवमा रोशन श्रेष्ठ ९२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकट्तम प्रतिद्धन्द्धी अनिल श्रेष्ठले ८१ मत ल्याएका छन् ।श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी निकट दाेलखा युवा संघका संयाेजक हुन ।
यस्तै, कोषाध्यक्षमा गणेशबहादुर थापा निर्वाचित भएका छन् । थापाले १ सय १ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिद्धन्द्धी किशोरकुमार लामाले ७४ मत पाएका छन् ।थापा नेपाली कांग्रेस भिमेश्वर नगर ३ नम्बरका अध्यक्ष हुन।

निर्माण व्यवसायी संघको महासचिव, द्धितीय उपाध्यक्ष र सहकोषाध्यक्ष भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । महासचिवमा लालबहादुर तमाङ द्धितीय उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा विष्णुप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका हुन् । तमाङ र श्रेष्ठ नेपाली कांग्रेसका युवा नेता हुन ।

संघको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा १ सय ७९ मत खसेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *