
दोलखा,२० बैसाख ।नेपाली कांग्रेसका उपसभापति तथा पुर्ब मन्त्रि पुुर्णबहादुर खड्काले नेताहरूले जिम्मेवारीकाे हेक्का नराख्दा कांग्रेस प्रति जनताको गुनासो बढेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ “नेपाली कांग्रेस पार्टीबाट टिकट लिई निर्बाचित जनप्रतिनिधि,तथा अन्य जिम्मेवार तहमा बसेका नेताहरूले आफ्नो जिम्मेवारी भुल्दा मतदाता र जनताको गुनासो बढेको हाे ।”
नेपाली कांग्रेस दोलखाको पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपसभापति खड्काले जिम्मेवारीको हेक्का हुुने हो भने मतदाताहरुको गुनासो कांग्रेस प्रति नहने दाबि गर्नुभएको छ ।
अब कांग्रेसले निरासामा रहेका मतदाता र आमनागरिकलाई बिश्वासमा लिँदै नयाँ रणनितिका साथ अगाडी बढ्नेछ खड्काले भन्नुभयो गएको महासमिति बैठकले नेपाली कांग्रेसको भबिष्य निर्धारण गरेको र नयाँ र फरक ढंगबाट पुरानो पुँजीलाई शक्तिमा बदल्दै अगाडी बढ्ने निर्णय समेत गरेको बताउनुभयो ।खड्काले कांग्रेस नेताहरुले राखेको प्रश्नको जवाफ दिँदै ईलाम र बझाङको निर्बाचनको नतिजा लिएर नआत्तिन आग्रह गर्नुभयो । उहाँले बझाङमा केहि प्राबिधिक कमि कमजोरी भयो तर ईलाममा गठबन्धन थियो त्यसकारण हामीले पराजय ब्यहोर्नु पर्याे अब कांग्रेसले युवाहरुको सोच बिचारलाई समाबेश गरेर नबिन ढंगबाट गम्भिरतापुुर्बक, धैर्यतापुुर्बक मतदाताको निरासालाई संगेल्दै अगाडी बढ्ने समेत बताउनुभयो । ।
दोलखामा नेपाली कांग्रेस बागमति प्रदेश समितिले आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न दोलखा आउनुभएको खड्का समक्ष नेपाली कांग्रेस दाेलखाका पार्टी सभापति बर्मा लामाले कांग्रेस दाेलखाका बर्तमान सांगठनिक अबस्थाकाे जानकारी गराउनु भएकाे थियो । बिगतमा भन्दा दाेलखा कांग्रेसकाे बर्तमान नेतृत्वले सांगठनिक सुदृढीकरणका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै आम कार्यकर्ताले तरिफ गरेकाछन ।
सांगठनिक सुदृढीकरणका लागि सभापति बर्मा लामाकाे नेतृत्वकाे दाेलखा कांग्रेसले हरेक महिना जसाे कार्यक्रम गरिरहेकाे नेपाली कांग्रेस दाेलखाका नेता राकेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो यही रफ्तारमा अघि बढे आगामी निर्वाचनमा नेपाली कांग्रेस दाेलखाका नेता तथा कार्यकर्ताले विजय अबिर लगाउने छन।
प्रशिक्षण कार्यक्रममा बागमति प्रदेश समितिका सभापति ईन्द्र बानिँया ,बागमति प्रदेशका निर्बाचित जनप्रतिनिधि लगायतको उपस्थिति रहेकाेछ ।
शुक्रबारबाट प्रशिक्षण कार्यक्रममा दुई दिन सम्म चल्नेछ।
Leave a Reply