पुर्ववत रुपमा सञ्चालनमा रहेका मुहानहरुलाई असर पर्ने गरि खानेपानी आपुर्ति गर्न अदालतले अन्तरिम आदेश जारी

 पब्लिक संवाददाता      मङ्लबार, बैशाख १८, २०८१      0

 

पब्लिक समाचारदाता
दोलखा१८ बैशाख ।पुर्ववत रुपमा सञ्चालनमा रहेका मुहानहरुलाई असर पर्ने गरि कुनै पनि कार्य नगर्न / नगराउन दोलखा जिल्ला अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
आन्तरिम आदेशमा खानेपानी वितरण सेवालाई असर गर्ने कुनै कार्य नगर्न /नगराउन भनि खानेपानी आपुर्तिको विषयलाई लिएर दोलखा जिल्ला अदालतमा परेको रिट उपर सुनुवाई गर्दै जिल्ला न्यायधिश माधव प्रसाद सुवेदीको ईजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको हो ।

जिल्ला अदालतले भीमेश्वर नगरपालिकाको कार्यालय, चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समिति र त्यसका अध्यक्ष बद्रिकुमार श्रेष्ठ तथा चरिकोटको खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र सो संस्थाका अध्यक्ष रामकृष्ण केसीको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अन्तरिम आदेशमा उपभोक्ताहरुलाई नियमित खानेपानी आपुर्ति गर्न नसक्नुका कारणबारे लिखित जवाफ माग गर्दै दुवै पक्षलाई बैशाख २४ गते अन्तरिम आदेशको छलफलका लागि पेशी तोकिएको छ ।
अन्तरिम आदेशमा खानेपानी वितरण सेवालाई असर गर्ने कुनै कार्य नगर्न /नगराउन र पुर्ववत रुपमा सञ्चालनमा रहेका मुहानहरुलाई असर पर्ने गरि कुनै पनि कार्य नगर्न / नगराउन भनिएको छ ।

दोलखा सदरमुकाम चरिकोट र आसपासका क्षेत्रमा लामो समयदेखि खानेपानी आपुर्ति नभएपछि भीमेश्वर नगरपालिका वडा नम्वर ५ स्थायी घर भई हाल चरिकोट बस्दै आएका विजय बस्नेतले भीमेश्वर नगरपालिका र खानेपानी उपभोक्ता संस्था विरुद्ध अन्तरिम आदेशसहित निषेधाज्ञाको आदेश जारी गर्न माग गर्दै दोलखा जिल्ला अदालतमा रिट हालेका थिए ।
उक्त रिटको पक्षमा अधिवक्ताहरु कृष्णबहादुर बस्नेत, राजेन्द्र नारायण श्रेष्ठ, सुव्वा श्रेष्ठ र रामदेवी श्रेष्ठले बहस गर्नुभएको थियो । बहस सकिए लगत्तै दोलखा जिल्ला अदालतबाट यस्तो आदेश जारी भएको हो ।
लामो समदेखि खानेपानी आपुर्ति नभएपछि आमउपभोक्ताले खानेपानी काे माग गर्दै पटकपटक आन्दोलन समेत गरेका थिए।

चरिकोटको खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र सो संस्थाका अध्यक्ष रामकृष्ण केसीले आम उपभोक्ताले निरन्तर खानेपानी उपयोग गरिरहेकाे अबस्थामा पुर्ववत रुपमा सञ्चालनमा रहेका मुहानहरुलाई असर पर्ने गरि दुख दिई रहेकाेले सदरमुकाम चरिकोट र आसपासमा खानेपानीकाे हाकार भईरहेकाे छ।
आम उपभोक्ता प्रती उदासिन रहेकाे भिमेश्वर नगरपालिकाले उपभोक्ताकाे हितमा ठाेस निर्णय लिन नसकेकाे कारण आन्तरिम आदेशमा खानेपानी वितरण सेवालाई असर गर्ने कुनै कार्य नगर्न /नगराउन भनि खानेपानी आपुर्तिको विषयलाई भिमेश्वर नगरपालिका लाई समेत रिट हालेपछि दोलखा जिल्ला अदालतमा आन्तरिम आदेश जारि भएकाे हाे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *