शिवाकोटी बन्धुहरूले ८० बर्ष माथिका ६५ जना जेष्ठजन लाई गरे सम्मान ,प्रथम अधिवेशनबाट अध्यक्ष भए रामबहादुर

 पब्लिक संवाददाता      शनिबार, बैशाख १५, २०८१      0

पब्लिक समाचार ब्युरो
दाेलखा १५ बैशाख । शिवाकोटी समाज दाेलखाकाे एतिहासिक प्रथम जिल्ला अधिवेशनकाे अवसर पारेर ८० वर्ष उमेर माथिका ६५ जेष्ठ नागरिकलाई मिष्ठान भाेजन सहित दाेसल्ला ,खादा ओढाई सम्मान गरेको छ ।


९९ वर्षीय विष्णुमाया शिवाकोटी सहित २५ बृद्धा र ४० बृद्धसहित ६५ जना जेष्ठ नागरिकको सम्मान गरिएकाे हाे। कार्यक्रममा दोलखा र रामेछापका शिवाकोटी बन्धुहरूकाे उल्लेख्य सहभागिता रहेको थियो ।
शिवाकोटी समाज दाेलखाकाे एतिहासिक प्रथम जिल्ला अधिवेशनले शिवाकोटी समाज नेपालको प्रथम जिल्ला भेलाले राम बहादुर शिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय शिवाकोटी समाज नेपाल गठन गरेको छ ।


समाजको उपाध्यक्षमा हरिराज शिवाकोटी,सचिव बलराम शिवाकोटी,कोाषध्यक्षमा कृतिका शिवाकोटी , सदस्यहरुमा मिन कुमार शिवाकोटी,प्रेम प्रसाद शिवाकोटी,खड्ग प्रसाद शिवाकोटी,पृथ्वी प्रसाद शिवाकोटी,नैन प्रसाद शिवाकोटी,सूर्य प्रसाद शिवाकोटी र राधाकृष्ण शिवाकोटी रहनुभएको छ ।

चौघरा दरवार दोलखा जिल्लाको कालिञ्चाेक गाउँपालिका ८ मा अवस्थित ऐतिहासिक महत्त्वको दरवार हो। विसं १८४०. मा निर्माण भएको विस्वास गरिने यो दरवार सालका काठबाट निर्माण गरिएका १ सय ५५ कलात्मक झ्यालहरूका लागि प्रसिद्ध रहेकाे चौघरा संरक्षण समितिका पूर्व अध्यक्ष गणेश प्रसाद शिवाकोटीले बताउनुभयो ।


यो दरवार पृथ्वीनारायण शाहको पालामा बनेको स्थानीय वृद्धवृद्धाहरूको अनुमान छ।दरबारको बनावटलाई मल्लकालिन वास्तुकलाको विशिष्टता झल्कने कलात्मक शैली, तेलिया इट्टा र सालको काठले थप आर्कषक बनाएको छ।
यस दरवारको दक्षिणतर्फ विशाल २४ वटा बुट्टेदार थामहरू रहेका छन् भने भित्रि चोकमा २७ वटा थाम रहेका छन। लम्बाई र चौडाई नै ६० फिट रहेको वर्गाकार यस भवनमा ६० वटा कोठा रहेका वडा चौघरा संरक्षण समितिका पूर्व अध्यक्ष शिवाकोटीले जानकारी दिनुभयो ।


भवनको एक कोठामा शिवाकोटीहरूको कुल पुजा गरिने, अर्को कोठामा भगवती पुजा गर्ने र अर्को एउटा कोठामा राजा वा वायुको पुजा गर्ने गरेकाे शिवाकोटी बन्धु समाजसेवी उधाेगी ब्यापारी टेकराज शिवाकोटीले प्रष्याउनुभयाे।उहाँ भन्नू हुन्छ ऐतिहासिक तथ्य अनुसार गोवर्धन र महेश्वर नामका शिवाकोटीले यो भवन निर्माण गरेकाे देखिन्छ । संरक्षणको अभावका कारण वायुको मुर्ती समेत चोरी भएको छ।दरवार संरक्षणका लागि सम्वन्धीत निकायले ध्यान दिनुपर्ने स्थानीयको माग गरेकाछन।जेष्ठ नागरिक गोकर्ण प्रसाद त्रिपाठीले स्वस्ती वाचन गरेर कार्यक्रमको विधिवत् उद्घाटन गर्नुभएको थियो ।

शिवाकोटी समाज नेपालका केन्द्रिय उपाध्यक्ष रामकाजी शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवाकोटी समाज नेपालका केन्द्रिय अध्यक्ष जय प्रसाद शिवाकोटी,शिवाकोटी समाजका सहअध्यक्ष बालकृष्ण शिवाकोटी,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई ,चौघरा संरक्षण समितिका पूर्व अध्यक्ष गणेश प्रसाद शिवाकोटी, कालिञ्चोक गाउँपालिका वडा नं ८ का वडाध्यक्ष बालकृष्ण आचार्य,वडा नं ७ का वडाध्यक्ष राम पाण्डे,वैत्यश्वर गाउँपालिका वडा नं ७ का वडाध्यक्ष मिन कुमार शिवाकोटी,लगायतले मन्तव्य राख्नु भएको थियाे ।अधिकांश बक्ताहरूले धार्मिक तथा पुरातात्त्विक महत्वका धराेहरहरू संरक्षणका लागि आ आफ्नाे स्थानबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। पूर्खाहरुको कामको संरक्षण गर्न र सबै समूदायसंग भातृत्व कायम गर्न आवश्यकता रहेको एेतिहासिक प्रथम जिल्ला अधिवेशनमा सहभागी शिवाकोटी बन्धुले बताएका छन ।शिवाकोटी समाज नेपालका केन्द्रिय सदस्य बालगोपाल शिवाकोटीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।


देशभर २ लाख ७५ हजार शिवाकोटीहरु रहेको समाजका केन्द्रिय सदस्य बालगोपाल शिवाकोटीले बताउनुभयो । दोलखाको सुनखानी उद्गम स्थल रहेको भारद्वाज गोत्रीय शिवाकोटीहरुको मुख्य बसोबास दोलखा,झापा,चितवन,मकवानपुर रहेको संचारकर्मी बलराम शिवाकोटीले जानकारी दिनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *