सरकार विरुद्ध राप्रपा दाेलखाको मसाल जुलुस 

 पब्लिक संवाददाता      शुक्रबार, बैशाख १४, २०८१      0

पब्लिक संवाददाता
दाेलखा १४ बैशाख ।राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाले सरकारको विरोधमा सदरमुकाम चरिकोटमा मसाल जुलुस प्रदर्शन गरेको छ। साँझमा चरिकोटकाे सातदोबाटो चाेकमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।

गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपा दाेलखाका अध्यक्ष बिष्णु श्रेष्ठले बताउनुभयो ।

वैशाख १८ र १९ गते केन्द्रीयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक बसेर आन्दोलनको कार्यक्रम पारित गर्ने केन्द्र जनाएकाे कार्यवाहक अध्यक्ष श्रेष्ठले संचारकर्मीहरूलाई जानकारी दिनुभएकाे छ।

श्रेष्ठ भन्नुहुन्छ पार्टीले गरेको आन्दोलनमा राज्यले बर्बर दमन गरेकोले सरकारप्रति निरन्तर विरोध जनाइ राख्ने छाै । सहिद ठाकुर प्र. डागीलाई तत्काल सहिद घाेषणा गर्न सरकार संग श्रेष्ठले माग गर्नुभएकाे छ।
चैत्र २७ मा भएको आन्दोलनका घाइते ठाकुर प्र. डागी ज्यूले विरगती प्राप्त गर्नुभएकोले उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै दिवंगत आत्माप्रति चीरशान्तिको कामना कार्यवाहक अध्यक्ष श्रेष्ठ गर्नुभएकाेछ ।

हत्यारा सरकारका गृहमन्त्रीले तत्काल राजिना दे, सहिद ठाकुर प्र. डागीलाई अम्बर रहुन , डाँगीलाई तुरुन्तै सहिद घोषणा गर भन्दै चर्काे नारा लगाउदै राप्रपा दाेलखाले मशाल जुलुस निकालिएको थियोे ।

राष्ट्र र नागरिकका समस्याहरूको समधान गरी देशलाई समुन्नत बनाउन राप्रपा आन्दोलन गर्न तयार छयुवा संगठन दाेलखाकाे जिल्ला संयाेजकमा राेशन श्रेष्ठ भन्नुभयो । सरकारका मतियारहरूले आन्दोलन दवाउन जस्तो कदम चाले पनि प्रतिकार गर्न युवा संगठनहरू तयार रहेकाे मशाल जुलुस पछिकाे काेण सभालाई सम्बाेधन गर्दै युवा संगठन दाेलखाकाे जिल्ला संयाेजकमा श्रेष्ठ बताउनुभयो ।

 

राप्रपा दाेलखाका कार्यवाहक अध्यक्ष बिष्णु श्रेष्ठ कमाण्डमा निकालिएको मशाल जुलुस ,प्रहरीले हस्तक्षेप गरेपनि राप्रपाले सफल पारेकाे पार्टी सचिव राम तमाङले दावि गर्नुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *