शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै नेविसंघका केन्द्रीय सदस्य खड्काले दाेलखाकाे तामाकोसी गाउँपालिकामा बुझाए १७ बुँदे मागपत्र

 पब्लिक संवाददाता      बिहिबार, बैशाख ६, २०८१      0

पब्लिक समाचारदाता
दाेलखा ६ भदौ । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रञ्जन खड्काले केन्द्रीयले ताेकेकाे दाेलखाकाे तामाकोसी गाउँपालिका उपाध्यक्ष सृजना खड्कालाई विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग राख्दै ज्ञापन पत्र बुझाउनुभएकाे छ ।

केन्द्रीय सदस्य खड्काले नेविसंघको ५५ औँ स्थापना दिवसकाे अवसरमा नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र तामाकोसी गाउँपालिकामा बुझाउनुभएकाे हाे ।

विद्यालय शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट वृद्धि गर्नुपर्ने लगाएका माग केन्द्रीय सदस्य खड्काले राख्नुभएकाे छ।

खड्का द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारले तोकेको न्यूनतम परिश्रमिक भन्दा कम नहुने गरी भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुपर्ने लगायत उल्लेख गरिएको छ ।
१७ बुँदे माग पत्रमा प्रविधिमार्फत बालबालिकामाथि हुने उत्पीडन एवं दुर्व्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुर्व्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने लगायत मागहरू राखीएकाे युवा नेता खड्काले प्रष्ट पार्नुभयाे ।
तामाकोशी गाँउपालीका काे दर्ता-न-४१०मा ज्ञापनपत्र दर्ता समेत गरिएकाे उपाध्यक्ष सृजना खड्काले जानकारी दिनुभयो ।

नेपालको समग्र राजनीतिक, सामाजिक, आर्थिक एवं शैक्षिक रूपान्तरणका लागि अनवरत रुपमा क्रियाशील विद्यार्थीहरूको संगठन नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तहसम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एवं उन्नयन गर्ने मूल उद्देश्यका साथ नेपालको संघीय संरचना अनुरुप ७५३ वटै पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एवं अनुसन्धान गर्न तथा आधारभूत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न माग प्रस्तुत गरेकाे नेविसंघका केन्द्रीय सदस्य खड्काले बताउनुभयो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *