जनतालाई आवश्यक परेको समय सहयोग पुराउने
पब्लिक समाचारदाता
दाेलखा ३ बैशाख ।
पूर्व सुरक्षाकर्मी परिषद नेपालको दाेलखा जिल्ला शाखा बिस्तार गरिएको छ ।
पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रिय सदस्य तथा दोलखा परिषदका अध्यक्ष शंकर बजगाई नेतृत्वमा गएको ४ सदस्यीय टोलीद्धारा दोलखा जिल्ला परिषद् बिस्तार गरेकाे हाे।
पूर्व सुरक्षाकर्मी परिषद नेपालको संगठन बिस्तारको क्रममा २०७८ चैत्र २५ गते देखि २०८१ बैशाख २ गतेसम्म दोलखा जिल्ला स्थायी बसोबास भई बिभिन्न ठाउँमा बसोबास गरेका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भारतीय सेना, ब्रिटिस सेना, गोर्खा सेना लगायतका पूर्व सुरक्षाकर्मीहरुसँग छलफल तथा अन्तरक्रिया गरी दोलखा जिल्ला परिषद् बिस्तारको अगाडि बढाईएकाे हाे ।
संगठन बिस्तारको क्रममा पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रिय सदस्य तथा दोलखा परिषदका अध्यक्ष शंकर बजगाईले दोलखाका प्र.जि.अ. टुकराज पोखरेल, तारादल गणका गणपति सञ्जिव सिंह सिजापती, सशस्त्र प्रहरी बलका प्र.ना.उ. द्वारिका के.सी, दोलखा प्रहरी प्रमुख प्र.ना.उ. युवराज खड्का, राष्ट्रिय अनुसन्धान विभाग दोलखाका प्रमुख अनुसन्धान अधिकृत प्र.ना.उ. धर्मकान्त चौधरी, पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई लगायत सरोकारवाला निकाय र सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्नुभएको छ।
उहाँले स्वदेश तथा बिदेशमा रहनु भएका पूर्व सुरक्षाकर्मीहरुलाई एकजुट गराई देश र जनतालाई आवश्यक परेको समय सहयोग पुराउने उदेश्यले परिषद बनाएकाे बताउनुभएकाे छ। बजगाई भन्नुहुन्छ
विपद व्यवस्थापन, दैवी प्रकोप, बाढी पहिरो, आगोलागि मा परिषदमा रहेका पूर्व सुरक्षाकर्मी परिचालन भई सहयाेग पुराउने छन। पूर्व सुरक्षाकर्मीका आश्रित परिवार, सुरक्षाकर्मीका एकल परिवार, अपांगता भएका पूर्व सुरक्षाकर्मी लगायतका समस्याहरुलाई उजागार गरी समाधानमा पहल कदमी लिई समय सापेक्ष पूर्व सुरक्षाकर्मीहरूको क्षमता विस्तारमा अगाडि बढन याे परिषदले उल्लेखनीय भुमिका निर्वाह गर्ने छ बजगाईले प्रष्ट पार्नुभयाे ।उहाँ बताउनुहुन्छ,”पूर्व सुरक्षाकर्मी परिषद् नेपालको देशैभर तिब्र रुपमा संगठन बिस्तार गरिएकोले सबै निकायका पूर्व सुरक्षाकर्मीलाई यस साझा संस्थामा आवद्ध भई आफ्नो अमुल्य साथ, समय र सुझाव दिन आग्रह गदर्छु ।
संगठन बिस्तारकै क्रममा परिषद्का आजीवन सदस्यद्धय दिल कुमार घिमिरे र हरि बहादुर आँपगाईद्धारा जिरी नगरपालिका तथा तामाकोशी गाउँपालिकामा बसोबास गर्ने पूर्व सुरक्षाकर्मीहरु, तीनका परिवार र एकल परिवारसँग संगठन बिस्तार तथा समसामयिक विषयमा छलफल र अन्तरक्रिया समेत गरेकाछन। पूर्व सुरक्षाकर्मीहरुको दाेलखा जिल्ला परिषदलाई साझा संस्थाका रूपमा स्थापित गर्न अहाेरात्र खटिरहने आजीवन सदस्यद्धयले बताउनुभएकाे छ ।
Leave a Reply