पब्लिक समाचारदाता
दोलखा २५ चैत । नेकपा माओवादी केन्द्र दोलखाको संयोजकमा युवा कमल श्रेष्ठ , सचिवको जिम्मेवारी युवा सन्तोष फुयाँलले पाएका छन् । आज सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्र दोलखाले जिम्मेवारी प्रदान गरेकाे जनाएको छ ।
नागरिक केन्द्रित सेवा भावले नै समाज रूपान्तरणको प्रक्रिया सहज हुन्छ। त्यसकारण युवा नागरिक केन्द्रित हुन जरुरी छ। युग सुहाउने विकास र समृद्धिको नतिजा हासिल गर्न युवा विकासवादी हुन अनिवार्य छ। दुबै तागत राख्ने बाैध्दिक आदर्शका पर्यावाचि युवा श्रेष्ठ र फुयाललाई नेकपा माओवादी केन्द्र दाेलखाकाे पार्टी संगठन मजबुत बनाउदै समुन्नत दाेलखा निमार्णका लागि जिम्मेवारी दिएकाे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव्म दोलखाका इन्चार्ज विशाल खड्काले बताउनुभयो ।
युवामा जोस, जाँगर र साहस अलि बढी हुन्छ। युवाको ज्ञान, सीप र सोच अब्बल हुन्छ,आधुनिक शिक्षाको प्रभावले युवा कल्पनाशील, सिर्जनशील र उत्पादनशील हुने कारण नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दोलखाको जिल्ला कार्यालयको विस्तारित बैठकले जिल्ला संयोजक र सचिवको जिम्मेवारी तोकेको हो ईन्चार्ज खड्काले भन्नुभयो ।युवामा आफ्नो देशको विकास र समृद्धिको चाहाना धेरै हुन्छ, प्रतिस्पर्धा गर्ने आँट ,अरूलाई हेर्ने, सुन्ने र बुझ्ने धैर्यता, डट्ने र खट्ने गुण हुने कारण उहाँहरूकाे काम नागरिकले हेर्ने छन।
युवाले राजनैतिक नेतृत्व लिनुपर्ने आवश्यकता छ,किन भने हामी दुईवटा महाशक्ति राष्ट्रलाई हेरि विकास, समद्धि परिस्कृत समाजको निर्माण गर्ने आशा गरिरहेकाछाै नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य नरबहादुर पाख्रिन भन्नु भयाे यसका लागी संस्कारयुक्त राजनीतिको विकास तथा सबैका लागि एकै प्रकारको व्यवस्था लागू गराउने युवा नेतृत्वको खाँचो छ।
पत्रकार सम्मेलनमन केन्द्रीय सदस्य पाखरिनले नेपाली समाजको आकांक्षा र उन्नतीको लागि अवका दिनमा राजनीतिक स्पिड घनिभूत रुपमा अगाडि बढाई सुषुप्त अबस्था रहेको विकासका गतिविधि र चरम भ्रष्टाचारकाे चिरफार गरि समतामूलक समाज निर्माणमा युवा पंक्ति लाग्न अावश्यक रहेको बताउनुभयाे ।
राजनीति केवल रजाइँ गर्ने थलो मात्र हैन यो त समाजका सर्वांगिण विकासका लागि निर्माण गरिएको एक यन्त्रका रूपमा अात्मसाथ गर्दै नागरिकमा सम्वृधि ल्याउन नयाँ याेजनाका साथ अगाडि बढ्ने नेकपा माअाेवादी केन्द्र दाेलखाका संयाेजक कमल श्रेष्ठ (ज्याेति)ले प्रतिबध्दता जाहेर गर्नुभयो ।”संस्कारयुक्त राजनीति विकासमा दलहरू चुकी रहेको बिध्यमान अबस्थामा युवा नेतृत्व नै बाङ्गो टिङ्गो दिशामा अगाडि बढ्यो भने महाविनाशको विपत्ति सामना गर्नु बाहेक अरु केही पनि हुँदैन” पत्रकार भेटघाटमा बाेल्ने दाेलखा अधिकांश संचारकर्मी सुझाव दिएकाछन।
आज नेपाली राजनीतिका लागि मात्रै हैन साँच्चिकै संसारभर नै कुनै न कुनै प्रकारले युवा राजनीतिकर्मीको माग भैरहेको छ । जनताको हितमा , मुलु्कको हितमा काम गर्नको लागि युवा शक्ति अपरिहार्य भईरहेकाे नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाई दाबी गर्नु भयाे ।देशमा भ्रस्टाचार खुलेआम भैरहेको छ तर दलहरू आफ्ना कार्यकर्ताहरु चाेखाउने ,उम्काउने काम निरन्तर भइरहँदा समाजको आधारभुत न्याय निरोेपण प्रणाली नै ध्वंश बनाइरहेको छ, उहाँले ठाेकुवा गर्नुभयो ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेताहरू नबराज अर्याल ,भरत राेहन श्रेष्ठ ,पुष्कर अधिकारी ,राजु शर्मा फुयालकाे उपस्थिति रहेकाे थियोे ।
Leave a Reply