दोस्रो जिरी महोत्सव सुरु, उद्योग वाणिज्य मन्त्री भण्डारीद्धारा उदघाटन,स्वदेशी कपडाकाे पाेशाक अनिवार्य लगाउने नीति सरकारले ल्याउन लागेको खुलाशा

 पब्लिक संवाददाता      शुक्रबार, चैत्र २३, २०८०      0

पब्लिक समाचारदाता

जिरी २३ चैत । दोलखाको पर्यटकीय नगरी जिरीकाे लिंकनमा आजदेखि दोस्रो जिरी महोत्सव सुरु भएको छ ।
नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामाेदर भण्डारीले महाेत्सवकाे उद्घाटन गर्दै दाेलखा जिल्लाकै आर्थिक सम्बृदीकाे लागि सरकारले प्रथामिकतामा राखी साना ,ठुला उद्योग संचालन गर्न सहयोग गर्ने बताउनुभयो । रूग्न अबस्थामा रहेका उद्योगलाई पून संचालन ल्याउन सरकारले याेजना बनाउदै गरेकाे छ मन्त्री भण्डारीले भन्नुभयो यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेका छाै।
हप्तामा दुई दिन सरकारी , वितिय संस्था तथा कम्पनीका कर्मचारी ,जनप्रतिनिधिहरूले स्वादेशी कपडाकाे पाेशाक अनिवार्य लगाउने नीति सरकारले तत्काल ल्याउने तयारी गरेकाे भण्डारीले खुलाशा गर्नुभयो ।
विकास निमार्णका काममा स्वादेशमै उत्पादन गरेका सामाग्री अनिवार्य प्रयाेग हुनु पर्ने नीति थालनी हुनेछ`जनमैत्री कामका लागि सरकार लाई ढिलाे गर्ने छुट छैन मन्त्री भण्डारीले उद्घाेष गर्नुभयो ।
नेपालको स्वीजरल्याड, सगरमाथाको प्रवेशद्धार
समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन र उद्योगकाे आधार भन्ने नाराका साथ सुरु भएको महोत्सव उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण वैद्य, राष्ट्रिय सभाका सांसद घनश्याम रिजाल,पूर्वमन्त्री एवम् एमाले नेता पार्वत गुरुङ, संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिका सदस्य जिपछिरिङ लामा, बागमती प्रदेशसभाका सांसद भरत केसी,बागमती प्रदेशका पूर्वमन्त्री एवम् माओवादी केन्द्रका केन्द्रिय सदस्य विशाल खड्का, बागमती प्रदेशसभाका सांसद उर्मिला सुनुवार,जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी,
नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामा,नेकपा एमाले दाेलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ ,नेकपा माअाेवादी केन्द्र दाेलखाका संयाेजक कमल श्रेष्ठ ,रास्वापा दाेलखाका संयाेजक दिनेश बस्नेत ,एकीकृत समाजवादी दाेलखाका अध्यक्ष भिम दहाल, राप्रपा दाेलखा अध्यक्ष बिष्णु श्रेष्ठ , जिरी नगरप्रमुख मित्र बहादुर जिरेलले सम्बाेधन गर्नुभएकाे थियोे ।

जिरी महाेत्वकाे अवलोकन गर्न दोलखाका ९ वटै स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरु पुगेका थिए । महोत्सवको करिब ५० हजार मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ । जिरी महाेत्सवमा जिरेल, सुनुवार, शेर्पा लगायतका जातजातिले आफ्नै भेषभूषामा नृत्य प्रदर्शन गरेका थिए । हाटडाँडा बजारबाट विभिन्न जातजातिको झाँकी नाच र बाजागाजा, र्याली सहित महोत्सव स्थल स्थलमा पुगेका थिए ।
आज महोत्सवको पहिलो दिन उद्घाटन ,दाेस्रो दिन देखि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । महोत्सवमा ८० वटा स्टलहरु राखिएको छ । जसमा स्थानीय उत्पादनदेखि विभिन्न प्रकारका सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । महोत्सव आजदेखि सुरु भएर चैत २ गते सकिनेछ । १२ अघि जिरीमा पहिलो जिरी महोत्सव भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *