पब्लिक समाचारदाता
दाेलखा२२ चैत । च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन् ।
दाेलखा सदरमुकाम चरिकोटमा रहेकाे च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर बताईएकाे छ । आत्महत्याको प्रयास गरेकाे हाे या केही हाे प्रहरीकाे प्राम्भिक अनुसन्धानमा गरिरहेकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ।
पाेखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी उनी हिजो मात्रै चरिकोट फर्किएकी कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले संचारकर्मीहरूलाई बताउनुभएको छ । श्रेष्ठ भन्नुहुन्छ घरबाट आएको एक दिनमै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेकि छिन ,उनको अबस्थामा गम्भीर भएकाेले उपचारार्थ काठमाडौं लगिएको छ ।
श्रेष्ठका अनुसार ती युवतीले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएकी थिइन् ।
अवस्था गम्भीर रहेकोले काठमाडौं रिफर गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिनुभएकाे छ । खड्का भन्नुहुन्छ आत्महत्याको प्रयास गरेको हो या केही हाे भन्नेबारे केही खुलेको छैन अनुसन्धान भईरहेकाे छ।
Leave a Reply