जनप्रदर्शनमा काठमाडौ जान राप्रपा दाेलखाकाे आव्हान, पार्टी संगठन मजवुत बनाउन युवा संगठन दाेलखा संयाेजकमा श्रेष्ठ चयन

 पब्लिक संवाददाता      बुधबार, चैत्र २१, २०८०      0

पब्लिक समाचारदाता

दाेलखा २१ चैत । चैत्र २७ गते काठमाडौंमा हुने जनप्रदर्शनलाई सफल वनाउन तथा उत्साहप्रद उपस्थितिकाे लागि राप्रपा दाेलखाकाे जिल्ला भेला सम्पन्न भएको छ।


सरकार सरकारजस्तो छैन। संसद् संसद्जस्तो छैन। अदालत अदालत जस्तो छैन। यो सबलाई ठीक बनाउने राजनीति पनि ठीक छैन।“राजनीतिलाई ठीक बनाउने नेताले पनि विश्वास गुमाएकाेले अब सबै एकजुट भएर यो अवस्था परिवर्तन गर्ने आन्दोलनको नेतृत्व राप्रपाले गर्नु पर्ने ठहर गर्दै नागरिक आन्दोलनको राप्रपाले शंख घाेष गरेकाे हाे ।

साेही अनुरूपमा देशकाे राजधानीमा चैत २७ गते राप्रपाले आन्दोलनको अाँधिबेरी सृजना गर्ने छ राष्ट्रिय प्रजातन्त्रपार्टी दाेलखाका कार्यवाहक अध्यक्ष बिष्णु श्रेष्ठ उद्घघाेष गर्नुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो राष्ट्र र नागरिकका समस्याहरूको समधान गरी देशलाई समुन्नत बनाउन चैत २७काे राप्रपाकाे आन्दोलन काेशेढुङ्गा सावित हुने छ।


दाेलखा सदरमुकाम चरिकाेटमा बृहत भेला गर्दै राप्रपाले २०८१ वैशाख महिना भित्र अधिवेशन सम्पन्न गर्ने गरि युवा संगठन दाेलखाकाे जिल्ला संयाेजकमा राेशन श्रेष्ठलाई चयन गरेकाे छ ।पार्टीले दिएकाे जिम्मेवारी कर्तव्य निष्ट भएर पूरा गर्ने नवनियुक्त संयाेजक श्रेष्ठले पब्लिक पाटी अनलाइन  ब्युरो संग प्रतिबध्ता जाहेर गर्नुभएकाे छ।


राप्रपा दाेलखाका कार्यवाहक अध्यक्ष बिष्णु श्रेष्ठको सभापतित्वमा भएकाे कार्यक्रम लाई प्रमुख अतिथि राप्रपा सहमहामन्त्री प्रकाश रिमाल,युवा संगठन अध्यक्ष सुजित केसी राप्रपा नेता भाष्कर पाण्डे ,राप्रपानेता केशव काफ्ले ,राप्रपा नेता शिव केसी ,राप्रपा नेता रञ्जिव श्रेष्ठ,समाजसेवी ईश्वर थापा, जिल्ला कार्यसमिती सदस्य पाण्डब सिंह पाडे लगायत सम्बाेधन गर्नुभएको थियोे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *