पब्लिक समाचारदाता
दाेलखा १९ चैत। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेश्रो पटक पनि विश्वासको मत पाउनुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले सोमबार बसेको प्रदेश सभा बैठकमा राख्नु भएको विश्वासको मत सम्बन्धि प्रस्ताव बहुमतले पारित भएको हो । १ सय १० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत सम्बन्धि पक्षमा ५६ मत परेको सभामुख भुवन कुमार पाठकले जानकारी दिनुभयो ।
विश्वासको मत पाउन ५६ सांसदको समर्थन चाहिनेमा उहाले ५६ मत नै पाउनुभएको हो । उहालाई नया सत्ता समिकरणका ४ दलले पक्षमा मतदान गरेका थिए । नेकपा एमाले (२७), नेकपा एकीकृत समाजवादी (७), नेकपा माअओवादी केन्द्र(२१) हाम्रो नेपाली दल (१) का सासदले मतदान गरेका थिए ।
प्रस्तावको विपक्षमा ३७ मत परेको छ। नेपाली काग्रेसका सबै सांसदले विपक्षमा मतदान गरे । राप्रपा र नेमकिपाले तटस्थ रही निर्वाचन प्रकृयामा सहभागिता जनाएनन् । राप्रपाका सभामुख सहित बागमतीमा १३ र नेमकिपाका ३ सासद रहेका छ्न ।
बैठकमा २ जना अनुपस्थित भएको सभामुख पाठकले बताउनुभेयो । गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
२०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नियुक्त हुनुभएका जम्कट्टेलले त्यतीबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनुभएको थियो ।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।
Leave a Reply