
पब्लिक समाचारदाता
भक्तपुर – युकेजी पुरा गरेका विद्यार्थी दीक्षित गर्दै उत्कृष्ट विद्यालय सुचिमा पर्ने सूर्यविनायक ३ नयाँ बस्तीको जुरिच किन्डर गार्डेनले आज अभिभावक दिवस मनाएको छ ।
विद्यालय स्थापना भएको सातौँ वार्षिकको अवसरमा उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी,उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै उत्सव मनाएको हाे ।
विद्यार्थीको सिकाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रिन्सिपल अमृत राउतले बताउनुभयो ।
बालबालिकाकाे उचित स्याहार गरि जुरिच किन्डर गार्डेन विद्यालयले संस्कारयुक्त शिक्षा दिएको राउतले जानकारी दिनुभयो ।
विद्यार्थीहरुमा संस्कारको विकास भएमा मात्र उसको शैक्षिक एवं व्यक्तित्व विकास हुने भएकाले विद्यालयमा सानै देखि संस्कारयुक्त शिक्षा दिएका छाै ,राउतले भन्नुभयो “शिक्षामा संस्कार भएमा मात्र उ सधै सफलता प्राप्त गर्ने छ।”
उत्कृष्ट ब्यवस्थापन ,सिकाई उपलब्धि उत्कृष्ट भएकालेे अभिभावकको मन जितिरहेको प्रिन्सिपल राउतले दावि गर्नुभयाे।
२०७४ सालमा सात जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले ६६ जना विद्यार्थी संख्या पुगेको र अहिले प्ले ग्रुप, नर्सरी, एलकेजी तथा युकेजी कक्षा सञ्चालन भै रहेको प्रिन्सिपल राउतले बताउनु भयो ।
विद्यालयमा व्यवहारीक शिक्षासंगै योग शिक्षा, नृत्य, गायन कक्षाहरु समेत सञ्चालन हुदै आएको र नयाँ शैक्षिक सत्रदेखी कराँते कक्षा समेत सञ्चालन गरिने प्रिन्सिपल राउतको भनाई छ । विद्यालयमा निकट भविष्यमानै कक्षा एक र दुई पनि सञ्चालन हुने राउतको भनाई छ ।
देशमा संस्कायुक्तमा शिक्षाको खडेरी परेकाे अबस्थामा जुरिच किन्डर गार्डेनले मार्कसिटमा कसरी धेरै नम्बर ल्याउनेमा मात्रै केन्द्रित नभई संस्कार समेत सिकाएकाेमा विद्यालयका संस्थापक एवं प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तारिफ गर्नुभयो ।
बस्नेत भन्नुहुन्छ संस्कारयुक्त शिक्षाले मात्रै विद्यार्थीलाई शारीरिक र मानसिकरुपमा स्वस्थ बनाइ भविष्यमा देशभक्त, सक्षम र योग्य नागरिक बनाउंछ। दोलखाको जिरीलाई स्वीजरल्याण्डको जुरिचको नामले चिनिने भएकाले त्यही नामबाट विद्यालय सुरु गरेको उहाँले बताउनुभयो ।
राज्यले नेपाली विद्यार्थी विदेश जाने क्रम रोक्न स्वदेशमै गरिखाने शिक्षा दिने नीति बनाउन आवश्यक रहेको बताउनुभएकाे छ ।
विद्यालयमा निकट भविष्यमानै कक्षा एक र दुई पनि सञ्चालन हुने जनाईएकाे छ ।
Leave a Reply