गौरीशङ्कर बहुमुखी क्याम्पसकाे ४३ औ वार्षिक उत्सव आज सम्पन्न
सिपयुक्त जनशक्ति मुलुकले खाेजेकाे छ : पूर्व मन्त्री गुरूङ
पब्लिक समाचारदाता
चरिकोट १५ चैत ।दोलखा सदरमुकाम चरिकोटमा रहेको जिल्ला कै जेठाे गौरीशङ्कर बहुमुखी क्याम्पसले ४३ औ वार्षिक उत्सव आज सम्पन्न भएकाे छ ।४३ औ वार्षिक उत्सवलाई उद्घाटन गर्दै नेपाल सरकारका पूर्व सुचना संचार तथा प्रविधि मन्त्री पार्वत गुरुङले समय सापेक्ष शिक्षाकाे अभावकाे कारण मुलुकमा सामुदायिक शिक्षण संस्था काे अबस्था खस्किदै गएकाे बताउनुभयो । शैक्षिक गुणस्तर कायम गरी सिपयुक्त जनशक्ति निर्माणमा लाग्न बिकल्प सामुुदायिक क्याम्पसहरूलाई अरू केही नभएकाे गुरूङले सुुझाव दिनुुभयो ।पूर्व मन्त्री गुरूङ भन्नुहुन्छ ” याे अभियानमा मेराे पूर्णरूपमा सहयोग हुनेछ।”
साेही अबसरमा क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले क्याम्पसको उनन्नयका लागि सबै सराेकारवालाहरू लाग्नु पर्ने बताउनु भयाे ।
क्याम्पस प्रमुख शान्त केसीले उद्घाटन समारोहमा क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो उत्सवमा।विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गर्नुभएकाे थियोे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षता भएको उद्घाटन समारोहलाई क्याम्पस नेकपा माओवादी केन्द्रका प्रवक्ता पुुष्कर अधिकारी, नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दहाल,राप्रपा नेपालका अध्यक्ष नवराज श्रेष्ठ,सञ्चालक समितिका निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर,विद्यार्थी प्रतिनिधि सजिना दहालले सम्बाेधन गर्नुभएको थियोे ।
Leave a Reply