चिनकाे स्वाशासित क्षेत्र तिब्बतकाे सिमाना बाट काठमाडौं सम्म राेल्वालिङ यातायातको एसी सहितकाे डिलक्स बस संचालन
पब्लिक समचारदाता
दाेलखा १५ चैत ।चिनकाे स्वाशासित क्षेत्र तिब्बतकाे सिमनामा संग जाेडिएकाे दाेलखाकाे लामाबगरबाट काठमाडौ सम्म चल्ने गरि रोल्वालिङ यातायातले आजबाट तीन वटा डिलक्स बस सञ्चालनमा ल्याएको छ।
कार्यक्रमका प्मुख अतिथि भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, विशेष अतिथि नेपाल पत्रकार महासंघ दोलखा अध्यक्ष दीपशंकर चौलागाइ र अतिथि दाेलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेतीले संयुक्त रुपमा रिबन काटी बस सेवा उद्घाटन गर्नुभएकाे थियोे ।
रोल्वालिङ यातायात सेवा समिति अध्यक्ष मिङ्गुर शेर्पाले यात्रुलाई सहज सुविधा दिने उद्देश्यले डिलक्स बस थपिएको बताउनुभयाे । रोल्वालिङले पहिलोपल्ट डिलक्स बस सञ्चालनमा ल्याएको हो।एसी सुविधासहितका बसमा डिलक्स सिट राखिएका छन्।
निबर्तमान अध्यक्ष बालकृष्ण आचार्यले भन्नुभयो आजबाट नियमित सेवा सुरु गरिएका यि बसहरू पहिलो चरणमा काठमाडौं–लामाबगर क्षेत्रमा सञ्चालन हुनेछन । एसी सेवाका कारण अन्य बसभन्दा भाडा २० प्रतिशतले बढी भाडा लिने छाै आचार्यले जानकारी दिनुभयो । एक यात्रुले काठमाडौंबाट लामाबगरसम्म पुग्न १ हजार १७५ रुपैयाँ तिर्नुपर्छ।
रोल्वालिङ यातायात सहकारी संस्थाले शेयर सदस्य हरूलाई राेल्वालिङ यातायातका बसबाट यात्रा गर्दा भाडामा २५ प्रतिशत छुट गर्ने निर्णय गरेकाे छ ।
संस्था लि. काे २३ औं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष मिगुर शेर्पाले २०८१ बैशाख १ गते बाट संस्थाका शेयर सदस्यरूलाई कार्डकाे ब्यवस्था गरि भाडामा २५ प्रतिशत छुट गर्ने प्रस्ताव राखेकाेमा सर्वसम्मत रूपमा पारित भएकाेछ ।
शेर्पा अध्यक्ष भएपछि रोल्वालिङ यातायात सहकारी संस्थाका बस ,ईभि ,सुमाे र एसी गरि करिव ५५ वटा यात्रुवाहक सवारीसाधन संचालन छन ।देशका धैरै जिल्लामा रोल्वालिङ यातायात बसहरूले उत्कृष्ट सेवा दिई रहेकाे अध्यक्ष शेर्पाले जानकारी दिनुभयाे ।
रोल्वालिङ यातायात सहकारी संस्थाले स्थापनाकालदेखी नै विभिन्न किसिमका आरोह तथा अवरोह हरूको सामना गर्दै आई छ ।
ग्रामिण भेगमा रहेका जनतालाई सदमुकाम तथा राजधानी काठमाण्डौ सम्मको सम्पर्क विकास गर्नको लागि वि.सं. २०५७ सालमा स्थापना भएको यस सहकारी संस्था दोलखा जिल्लाको मात्र नभएर नेपाल भरिको एउटा फरक उद्देश्य लिएर सञ्चालन भएको थियाे ।
Leave a Reply