पब्लिक समाचारदाता
दाेलखा १२ चैत ।रोल्वालिङ यातायात सहकारी संस्थाले शेयर सदस्य हरूलाई राेल्वालिङ यातायातका बसबाट यात्रा गर्दा भाडामा २५ प्रतिशत छुट गर्ने निर्णय गरेकाे छ ।संस्था लि. काे २३ औं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष मिगुर शेर्पाले २०८१ बैशाख १ गते बाट संस्थाका शेयर सदस्यरूलाई कार्डकाे ब्यवस्था गरि भाडामा २५ प्रतिशत छुट गर्ने प्रस्ताव राखेकाेमा सर्वसम्मत रूपमा पारित भएकाेछ । संस्थाकाे गरिमालाई उच्च राख्दै शेयर सदस्यकाे हितमा सधै काम गर्ने अध्यक्ष शेर्पाले उद्घाटन समारोहमा उद्घाेष गर्नु भएकाे छ ।
दाेलखाकाे उतरी क्षेत्रकाे केन्द्र सिंगटी सम्म ज्यान जाेखिममा राखी पहिलो पटक चालककाे रूपमा बस पुराई उतरी क्षेत्रका नागरिकको सेवामा लागि पर्ने शाहासी मिगुर शेर्पालाई गत बर्ष नै रोल्वालिङ यातायात सहकारी संस्थाका शेयर सदस्यहरूले संस्था अध्यक्ष सर्वसम्मतिमा बनाएका थिए ।
शेर्पा अध्यक्ष भएपछि रोल्वालिङ यातायात सहकारी संस्थाका बस ,ईभि ,सुमाे गरि करिव ५५ वटा यात्रुवाहक सवारीसाधन संचालन छन ।देशका धैरै जिल्लामा रोल्वालिङ यातायात बसहरूले उत्कृष्ट सेवा दिई रहेकाे अध्यक्ष शेर्पाले जानकारी दिनुभयाे ।
रोल्वालिङ यातायात सहकारी संस्थाले स्थापनाकालदेखी नै विभिन्न किसिमका आरोह तथा अवरोह हरूको सामना गर्दै आई रहेकाे नि बर्तमान अध्यक्ष एवम कालिञ्चाेक गाउँपालिका ८ का वडा अध्यक्ष बालकृष्ण आचार्य बताउनुभयो । स्थापना कालमा २/५ वटा सवारी साधनबाट सञ्चालन भएको यस सहकारी संस्थाले हाल नेपालका अधिकांश जिल्लाहरूलाईआफ्नो प्रत्येक्ष सेवा विस्तारको रूपमा विकास गरी सवारीका साधनहरू संचालन गरेका छाै ,आचार्यले भन्नुभयो आगामी दिनमा अन्य यातायातले दिने सुविधा भन्दा राेल्वालिङले उत्कृष्ट सुविधा दिने छाै
समय र परिस्थितीको माग तथा स्थानिय समुदायको आवश्यकतालाई समेत मध्येनजर गरी विद्युतिय सवारी तथा Air Condition भएका यात्रुवाहक बसहरूलाई राेल्वालिङले सञ्चालनमा ल्याएको नि बर्तमान अध्यक्ष आचार्यले दाबि गर्नुभयो ।
ग्रामिण भेगमा रहेका जनतालाई सदमुकाम तथा राजधानी काठमाण्डौ सम्मको सम्पर्क विकास गर्नको लागि वि.सं. २०५७ सालमा स्थापना भएको यस सहकारी संस्था दोलखा जिल्लाको मात्र नभएर नेपाल भरिको एउटा फरक उद्देश्य लिएर सञ्चालन भएको संस्थापक अध्यक्ष पदम राज शिवाकोटीले जानकारी दिनुभयो ।
यातायात क्षेत्रमा भएको शिन्डिकेट प्रणालीको विरोध गरी स्थानिय समुदायलाई सहुलिएत भाडादरमा आवत जावत गर्नको लागि सुविधा उपलब्ध गराउने उद्देश्यले यस संस्थाको स्थापना भएको शिवाकोटीले प्रष्टपार्नुभयाे।
संस्थाले सहकारी तर्फ गत वर्षको तुलनामा यस वर्ष कम आम्दानी गरेको छ । यस वर्ष सहकारी तर्फ संस्थाको कुल आम्दानी रु ७ लाख ८८ हजार १८३ रहेको संस्थाका सचिव रामबहादुर शिवाकोटीले बताउनुभयो ।उहाँले भन्नुभयो ब्यबस्थापन खर्च, कर्मचारी तलब गरी जम्मा रू ३ लाख ४ हजार ८७६ र बचतमा ब्याज खर्च जम्मा रु ४ लाख ६३ हजार ३३४ गरी जम्मा खर्च रू ७ लाख ६८ हजार २१० रहेको छ ।
२०७८ असार मसान्त सम्म संस्थाको शेयर पुँजी २३ लाख ५६ हजार २ सय रहेकोमा आर्थिक २०७८/२०८० को असार मसान्तमा सम्म जम्मा शेयर पुँजी २३ लाख २७ हजार १ सय रहेको जसमा संस्थाले अपेक्षा गरे अनुसारको शेयर पूँजीमा वृद्धि गर्न भने सकेको छैन् ।
देशमा भएको आर्थिक मन्दि तथा वित्तिय क्षेत्रमा देखिएको आर्थिक सङ्कटका कारण यस संस्थाले शेयर पूँजीको वृद्धि गर्न सकिरहेको अवस्था छैन् । संस्थाले नियमित दैनिक र माशिक बचत संकलन गर्दै आईरहेको छ। आ.व २०७८/०७९को अन्त सम्ममा संस्थाको कुल बचत ७२ लाख ४८ हजार ३३० रहेको छ । यस वर्ष बचत प्राप्त भन्दा बचत फिर्ता गर्नेको संख्या उल्लेख्य रहेकोले आगामी दिनमा प्रभावकारी बचतका प्रकारहरू निर्धारण गरी बचत संकलनलाई ब्यबस्थित गर्नुपर्ने आवश्यकता देखिन्छ ।
गत आर्थिक वर्ष सम्म संस्थाको लगानीमा रहेको कुल ऋण रकम १ करोड ३३ लाख ६८ हजार ८८३ रहेकोमा यस वर्ष ऋण लगानी भन्दा असुलीको दर बढी रहेकोले २०८० साल असार मसान्त सम्म असुल हुन बाँकी ऋण १८ लाख २० हजार ४७ रुपैयाँ रहेको छ ।
संस्थाको असुल हुन बाँकी ऋणलाई ३ वटा क्षेत्रमा विभाजन गरिएको छ । संस्थाको उठन बाँकी ऋण मध्ये नियमित रूपमा ऋणको साँवा तथा ब्याज भुक्तानी गर्ने र ऋण सुरक्षणको लागि धितो जमानत समेत रोक्का रहेको ऋण रकम रु ५२ लाख २८ हजार २७२ रहेको छ ।
संस्थामा सुरक्षणको लागि धितो जमानत रहेको तर नियमित रूपमा साँवा तथा ब्याज भुक्तानी नभएको रकम रु ३३ लाख ५ हजार ८१८ रहेको छ र संस्थाले धितो जनमान नलिई विना धितो ऋण लगानी गरेको र हाल उक्त ऋणी सदस्यहरू समेत सम्पर्कमा नभएकाहरूको जम्मा कर्जा १२ लाख ८४ हजार १५६ रहेको छ ।
रोल्वालिङ यातायात सहकारी संस्था लि. काे २३ औं वार्षिक साधारण सभामा उत्कृष्ट चालक,उत्कृष्ट सहचालक,उत्कृष्ट नियामित बचत कर्ता,उत्कृष्ट ऋणी,उत्कृष्ट शेयर सदस्यलाई संस्थाले सम्मान गरेकाेछ । संस्थाले साधारण सभाका दिन पिकनिककाे समेत गरेकाे छ ।
Leave a Reply