
पब्लिक समाचादाता
भिरकाेट ९ चैत ।हिमालय लाइफ इन्स्योरेन्स आर्थिक सहयाेगमा दाेलखाकाे तामाकोसी गाउँपालिका १ भिरकाेटमा विद्यार्थी र शिक्षकलाई पाेशाक वितरण गरिएको छ ।
भिमेश्वर आधारभुत विद्यालय र ईन्द्रनवती प्राथामिक विद्यालयका विद्यार्थी र शिक्षकलाई हिमालय लाइफ इन्स्योरेन्स काे बाेड अफ डाईरेक्टर प्रमिला केसी पहलमा पाेशाक बितरण गरिएको हाे ।
भिमेश्वर आधारभुत विद्यालयका शिक्षक लक्ष्मण केसी अजुराेधमा हिमालय लाइफ इन्स्योरेन्सले सहयोग गरेकाे छ ।समाजसेवी शिक्षक केसीले बिपन्न ,दलित छात्रछात्रा र शिक्षकहरूकाे लागि हिमालय लाइफ इन्स्योरेन्स लाई सहयोग गर्न अनुराेध गरेका कारण बाेड अफ डाईरेक्टर केसीकाे पराेपकार भावनाले सहयोग प्राप्त भएकाे टेलिफोन सम्पर्कमा केसीले आेके टिभिलाई बताउनुभयो ।
हिमालय लाइफ इन्स्योरेन्सकाे बाेडबाट हरिप्रसाद ढुङगेल र चरिकोट शाखाबाट चार जना स्टापहरू अाए विद्यार्थी र शिक्षकहरूलाई ज्याकेट र सुरुवाल बाँडेकाे शिक्षक केसीले जानकारी दिनुभयो ।
त्यसै गरि ईटहरी निवासी बिनोद् खड्काले भिमेश्वोर आधारभुत विद्यालयका बिद्यार्थीहरुलाइ टोपी, मोजा ,पन्जा, मखलर सहयोग गनुभएकाे छ।शिक्षक केसी का मित्र भएका कारण उहाँको पहलमा खड्काले सहयोग गर्नुभएको हाे ।
ठूलाको आदर गर्नु , सानालाई माया गर्नु , असहायलाई सहयोग गर्नुजस्ता कुरा जीवनकै अनुशासनभित्र पर्न आउँछ त्यसैले शिक्षक केसीले दिनदुखी बालबालिका र शिक्षाकहरूकाे लागी सहयोग जुटाउनु भएकाे छ । अनुशासित विद्यार्थी शिक्षकको आँखाको नानी मात्र होइन हरेकका लागि मायाको खानी बनेको हुन्छन , विद्यार्थीलाई सफलताकाे सिँढी चढ्न सहयोग यस्ता सहयोग काेशेढुङ्गा सािवत हुन्छन्।
विद्यार्थी र शिक्षककाे सेवामा सर्मपित हिमालय लाइफ इन्स्योरेन्स र दानविर बिनाेद खड्कालाई आेके टिभी टिमकाे तर्फबाट समेत बिशेष धन्यवाद ।
Leave a Reply