दाेलखा ७चैत ।दाेलखाकाे बिगु गाउँपालिका ५ चिलंखामा रहेको एेतिहासिक ज्याङछुब मेताेग गुम्बाकाे छोकी ङिमा रिम्बोछेकाे बहुली बाट आज समुद्उघाटन गरिएको छ।
लामा गुरु छोकी ङिमा रिम्बोछेबाट प्रान प्रतिष्ठा मंगलबार सम्पन्न भएकालेे आज पुजा, पाठ र ध्यान समेत गरिएको छ ।
बिक्रम सम्बत ९६४ मा निर्मित यो गुम्बा २०७२ सालाकाे विनासकारी भुकम्पले ध्वस्त वनाए पछि पुरातात्त्विक विभागकाे ४ कराेड ३८ लाख १ हजार ९ सय २६ रूपियाँकाे लगानीमा निर्माण भएको हाे ।
धार्मिक संस्कृति अनुरूप ज्याङछुब मेताेग गुम्बाकाे ब्यबस्थापनका समस्या पटकपटक आईरहेकाेले आगामी दिनमा गुम्बाकाे ब्यवस्थापन ककाे लागि गुरू छोकी ङिमा रिम्बोछेमा चढाएकाे समाजसेवी निम्तो शेर्पाले जानकारी दिनुभयो ।
स्थानीयवासीकाे सहमतिमा हामीले सामुहिक निर्णय गरि गुरूकाे बहुलीमा गुम्बाकाे सम्पूर्ण ब्यबस्थापन चढाएका हाैं। आमनागरिककाे बिच लिखित प्रमाणपत्र गुरु छोकी ङिमा रिम्बोछेलाई हस्तान्तरण गरेकाछाै ।
ज्याङखुब मेतोग गुम्बा एक परिचय (बोधिपुष्य)
निरीक्षण गर्दा सम्पूर्ण तपस्या गर्ने घर र गुम्बा समेत ध्वस्त भएको र गुम्बाभित्र एक मात्र (अमिताभ बुद्ध) होएपाक्मे मूर्ति सकुशल प्राप्त भएको भन्ने कुरा प्राचीन ने-शेद् (तीर्थ विवरण पुस्तक) र लामा गुरुहरुको भनाइमा उल्लेख छ ।
गाउँलेहरुले सो (ओवामे) अमिताभ बुद्धको मूर्तिलाई स्वागत गर्दै बोकेर गुम्बा निमार्ण गर्नका निम्ति गुम्बा खर्कतर्फ उकालो लाग्ने क्रममा हाल ज्याङछुब मेतोक गुम्बा भएको ठाउँ पुगेपछि सो अमिताभ बुद्धको मूर्ति धेरै भारी भएकोले त्यही ठाउँमा बिसाइएको गुम्बा ब्यबस्थापन समितिका पेमा शेर्पाले बताउनुभयो ।
शेर्पाले भन्नुभयो सबै जनाले थकाई मेटेपछि पुनः अमिताभ बुद्धको मूर्तिलाई बोक्न जाँदा मूर्ति बोक्न त परै जाओस् हल्लाउनसमेत नसकेपछि भक्तालुजनहरुले अब अमिताभ बुद्धले यसै ठाउँलाई स्वीकार्नु भएछ भनी सम्झेर हाल ज्याङछुब मेन्तोक गुम्बा भएकै ठाउँमा गुम्बा निर्माण गरेका हाै ।
ज्याङछुब मेतोक गुम्बामा दशैं पर्वका समयमा दशैभरि धेरै पशुपक्षी र जनावरहरुको बलीमार्फत ज्यान जाने भएकाले मृत पशुपक्षीको आत्माले अमिताम बुद्धको लोकमा निर्वाण प्राप्त गरुन् भनी हरेक बर्ष एक हप्तासम्म पूजा गरिने चलन रहेको छ ।
पूजामा लादुक, वुलुङ, वाराङ, देउलाङ, ठाडी, खोपा चागु, विगु र आलम्फु, चिलंखाका भक्तजनहरुकाहरूकाे भिड लाग्ने गरेको छ ।
मृतक आफन्तहरुको नाममा डोवा, मोन्लम र धुप बत्ती बाल्न प्रत्येक वर्ष दशैंको बेला पूजामा भीड लाग्ने गरेकाे समाजसेवी निम्तो शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो “वि.सं. २०२५ सालतिर बुलुक्पाको दोर्जे छोलिङ गुम्बा र ज्याङछुब मेतोक गुम्बाका प्रमुख दोर्जे लामाले लप्ची गुम्बाबाट (छम्पा लामा) गुफा बस्ने गुरुलाई स्वागत गरेकाे जानकारी दिनुभयाे।”
Leave a Reply