दोलखा ७चैत ।जि.पी कोईराला फाउण्डेशन दोलखाको आयोजना कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा आजबाट सदरमुकाम चरिकोटमा सञ्चालन भएकाेछ।
पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको १४ औँ स्मृति दिवस र आदर्श पुरुष स्व. भीम बहादुर तामाङको सम्झनामा जि.पी कोईराला फाउण्डेशन दोलखाले निःशुल्क तयारी कोचिङ कक्षा संचालन गरेको हो।
निःशुल्क तयारी कोचिङ कक्षा संचालनको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार र जिल्लाका दुर्गम भेगका विद्यार्थीलाई एकैठाउँ समेटेर निःशुल्क कोचिङ सञ्चालन गरेमा फाउण्डेशनका अध्यक्ष राकेश श्रेष्ठको तारिफ गर्नुभयो ।
विद्यार्थीहरुको हक अधिकार र संरक्षणमा नेपाल विद्यार्थी संघ दाेलखाका नेताहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाली कांग्रेस दाेलखाले खुलेर प्रसंशा गरिरहेकाे लामाले प्रष्ट पार्नुभयाे ।
दक्षिण एशियाकै सर्वोच्च नेताका रूपमा आफ्नो नाम राख्न सफल स्व. गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिक आन्दोलनमा निर्णायक भुमिका खेलेकै कारण देशले उहाँलाई सम्झिरहेकाेे बताउनुभयो ।
आदर्श पुरुष स्व. भिमबहादुर तामाङलाई स्मरण गर्दै लामाले भिमबहादुरले देखाएको पहिचान भेटिने जातिय द्वन्द मेटिने मार्गमा देश अगाडि बढे दाबि गर्नुभयो ।
देश भष्ट्राचार मुक्त बनाउन महा मानव विशेश्वर प्रसादकाे सपना सतामा पुग्दा नेपाली कांग्रेसका नेताहरूले उपहास गरिरहेकाेमा लामाले चिन्ता व्यक्त गर्नुभएकाे छ ।
विद्यार्थीहरुले पढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागि भई आआफ्नो क्षमता प्रस्फुटन गर्न निःशुल्क कक्षा काेशेढुङ्गा सावित हुनेछ सभापति लामाले जिकर गर्नुभयाे ।
चरिकोट स्थित कालिन्चोक माध्यमिक विद्यालयमा सञ्चालन भएको तयारी कोचिङ कक्षामा विद्यार्थीहरुलाई कोचिङ कक्षामा अनिवार्य अंग्रेजी, अकाउन्ट, ऐच्छिक गणित,विज्ञान विषय पढाईदहुने फाउण्डेशनका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई १ महिने निशुल्क काेचिङ कक्षा आगामी दिनमा पनि निरन्तर अघि बढाउने श्रेष्ठले प्रतिवद्धता जाहेर गर्नुभयो ।
फाउण्डेशनका अध्यक्ष श्रेष्ठको सभापतित्वमामा भएको कार्यक्रममा भिमेश्वर नगरपालिका प्रमुख इश्वर मानन्धर, तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, नेपाली कांग्रेस दाेलखाका पार्टी सचिव दावा साङ्गे शेर्पा, नेपाल शिक्षक सङ्घका केन्द्रिय उपमहासचिव गिता शिवाकोटी,, नेपाल पत्रकार महासंघका केन्द्रिय रमेश खतिवडा,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंङकर चौलागाईं, तरूणदलका केन्द्रीय सदस्य भिम खड्काले शैक्षिक सवालमा धारणा व्यक्त गर्दै निशुल्क काेचिङ कक्षा सफलताकाे शुभकामना दिनुभएकाे थियोे ।
Leave a Reply