साम्तेन मेमोरियलको १९ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
पब्लिक न्युज ब्युराे
काठमाडौँ ३० फागुन । बुढानीलकण्ठ नगरपालिका ११ मा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले आफ्नो १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । दिन दुखीकाे सेवामा अनवरत रूपमा लागि पर्ने समाजसेवी स्वार्गीय साम्तेन शेर्पाकाे नामबाट स्थापित साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेकाेछ।
दाेलखा जिल्ला बिगुगाउँपालिका ५ चिलंखामा जन्मिनु भएका स्वार्गिय शेर्पाकाे अल्पआयुनै निधन भएकाे थियाे । विपन्न नागरिकलाई आफैले खर्च गरि पठनपाठनमा सहयाेग पुराउने स्वार्गिय शेर्पा शैक्षिक क्षेत्रका उजज्वल नेक्षेत्र हुनुहुन्थ्यो ।
सामतेन मेमोरियलको १९ औँ वार्षिकोत्सव
कार्यक्रममा विश्वकाे सर्वोच्च शिखर सगरमाथाकाे सफल आराेहण गरि किर्तिमान राख्ने संखुवासभाका मिङ्मा शेर्पा काे प्रमुख आतिथ्यता सम्पन्न भएको छ।
प्रमुख अतिथि सफल हिमआराेही मिङ्मा शेर्पाले जीवनमा धेरै प्रगति गरेर खुसी भए पनि समयमै शिक्षा लिन नपाएकोमा आत्मा सन्तुष्टि नभएको बताए । उनले मानव जीवनमा शिक्षा बिना कुनै कुरा सफल नहुने भन्दै विद्यार्थीलाई राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि क्षेत्रमा सहज सफल हुने धारणा राखेका छन। त्यसै गरि नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले शिक्षामा सरकारले लगानी थप गर्नुपर्ने धारणा राखेका थिए । उनले संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा अन्तर हुनु नहुने बताए । दोलखाली विद्यार्थीलाई १०० प्रतिशत छात्रवृत्तिमा अध्यापन गराएकोमा साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा सिङ्गिङ्, डान्सिङ, स्पिकिङ र राईटिङ स्टारमा उत्कृष्ट हुने १२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । जसमा सिङ्गिङ् स्टारको प्रथम स्तुति खड्का, द्वितीय सोनाम युटिन शेर्पा र तृतीय पेमा शेर्पा भएका थिए । भने डान्सिङ स्टारको प्रथम, द्वितीय र तृतीय क्रमशः नितु स्याङताङ, कोहिनुर राई र समीक्षा कुलुङ भएका थिए ।
त्यसै गरी स्पिकिङ स्टारको प्रथम, द्वितीय र तृतीय क्रमशः छिरिङ शेर्पा, परितोशिका कार्की र युनिका केसी हुन सफल भए भने राईटिङ स्टारको प्रथम, द्वितीय र तृतीय क्रमशः निमा सङ्गुम शेर्पा, ङिमा सङ्गुम शेर्पा र पेमा शेर्पा भएका थिए ।
सामतेन मिस्टर किड २०८० मा सोनाम शेर्पा विजयी बन्न सफल भए भने सामतेन मिस किडको विजयी मानुषी बस्नेत बनेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक गोविन्द धामीले सामतेनले साधारण शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताएका छन । पढाइमा मात्र नभएर विद्यालयले विभिन्न विद्यामा सामतेन मेमोरियल एजुकेशनल एकेडेमीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको समेत बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निम्तो शेर्पाले २०६२ सालबाट विद्यालय सञ्चालन गर्दै आएको यस विद्यालयले विसं २०८० बाट माध्यमिक तह अन्तर्गत प्लस टु अध्यापन गराउन सुरु गरेको बताए । कक्षा ११ पढ्नेलाई १०० प्रतिशत स्कलरसिप दिने व्यवस्था गरेको थियो । विशेष गरी कक्षा ११ मा व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने विद्यार्थीलाई कलेजले स्कलरसिपको व्यवस्था गरेको हो ।

Leave a Reply