कादुरीले बनाई दियाे ३ वटा झाेलुङ्गे र ९१ वटा धारा

 पब्लिक संवाददाता      सोमवार, फाल्गुन २८, २०८०      0
दीपशंकर चाैलागाई
पब्लिक खबरदाता

दाेलखा फागुन २८।कादुरी एग्री कल्चरल एड एसाेशियन व्रिटिस गाेर्खाज नेपालकाे आर्थिक  सहयोगमा बिग र गाैरिशंकर गाउँपालिका मा ३ वटा झाेलुङ्गे र दुई वटा खानेपानी याेजना निर्माण भएकाे छन ।


बिगुगाउपालिका १ र गाैरिशंकर गाउपालिका ९ जाेड्ने   गाेगंर स्थिति तामाकाेशी नदीमा १०५ मिटर लामो  झाेलुङ्गे पुलकाे आज एक समारोह बिच   कादुरी एग्री कल्चरल एड एसाेशियन व्रिटिस गाेर्खाज नेपालका प्रमुखले   माईकल कादुरीले उद्घाटन  गरेकाछन।

१कराेड २६ लाख मा निर्मित तामाकोसी नदीकाे झाेलुङ्गे पुलबाट करिब ५सय घर परिवार लाभान्वित हुने छन बिद्यालय र स्वास्थ्य चाैकी जान एक घण्टाकाे बाटाे छाेटीएकाे छ ।अब  विद्यालय ,स्वास्थ चाैकी जान सहज भएकाे छ।

कादुरी एग्री कल्चरल एड एसाेशियन व्रटिस गाेर्खाज नेपालले बिगु गाउँपालिका १ स्यालु गाउँमा खानेपानीका ९१  वटा धारा  निर्माण गरिदिएकाे छ । ८७ लाख खर्चमा  धारा निमार्ण गरेकाे प्राेजेक्ट मेनेजर  प्रदिप कुमार सिलवालले बताए ।

गाैरीशंकर ८ भुमेथान,हुर्पुङ मा ८० लाख लगानी मा ६१ वटा खानेपानीका धारा अर्को बर्ष  निर्माण हुने
कादुरी एग्री कल्चरल एड एसाेशियन व्रटिस गाेर्खाज नेपालका पुल विभाग प्रमुख सुन्दर कुमार श्रेष्ठ  जानकारी दिए

यस अघि नाजिमटार – खारे  जाेड्ने१सय १२ मिटर लामाे झाेलुङ्गे पुल गाैरिशंकरमा  संस्थाले निर्माण गरिसकेकाे पुल विभाग  प्रमुख   श्रेष्ठले जानकारी दिए।याे पुल  १कराेड १६ लाख  निमार्ण गरिएको थियोे ।

त्यसै गरि  माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकाे मुख्य सुरूङ मार्ग नजिकैकाे गाेंगर खाेलामा ७२ मिटर  लम्बाईकाे झाेलुङ्गे पुल ८० लाखकाे लागत  कादुरी एग्री कल्चरल एड एसाेशियन व्रटिस गाेर्खाज नेपालले बनाई दिएकाे छ ।

बिगु र गाैरिशंकर गाउँपालिकामा २ वटा झाेलुङग पुल  र २ वटा खानेपानी अायाेजना थप निर्माण गर्ने तयारीमा  रहेकाे कादुरी एग्री कल्चरल एड एसाेशियन व्रिटिस गाेर्खाज नेपालका पुल विभाग प्रमुखले बताए ।

विदेश नागरिक  माईकल कादुरिकाे टाेलीमा आएका नेपालकाे लागि  बेलायती  राजदुत रबफेन लाई  दाेलखावासीले भव्य स्वागत  गरेकाछन ।

कादुरी एग्री कल्चरल एड एसाेशियन व्रटिस गाेर्खाज नेपालले ५५ बर्ष अघि देखि देशका विभिन्न  जिल्लामा पुल ,खानेपानी ,लघु जलबिद्धुत आयोजना का साथै कृषि स्वास्थमा लगानीमा गर्दै आएको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *