सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’को उपाधी मेलम्चीलाई

 पब्लिक संवाददाता      शुक्रबार, फाल्गुन २५, २०८०      0

पब्लिक  खबरदाता

प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका ‘सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’को उपाधी मेलम्चीलेि हात पारेको छ। जिल्लाको सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा दोलखाको जिरी नगरपालिकालाई हराउँदै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हात पारेको हो।

जिरी नगरपालिकाले भने उपविजेतामा चित्त बुझाएको छ । बिहान रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिकाबीच भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिका तृतीय भएको थियो। कमलामाई नगरपालिकाले ३_१ को सेटमा मन्थली नगरपालिकालाई पराजित गरेको हो । कमला नगरपालिकाले हराएपछि मन्थली नगरपालिकाले सान्त्वना मै चित्त बुझाउनु पर्यो।

उक्त प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सान्त्वना हुने टिमले २१ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गत सोमबारदेखि दोलखा युवा सञ्जालको आयोजनामा सुरु भएको उक्त खेल शुक्रबार सम्पन्न भएको हो। हालसम्मकै सर्वाधिक राशीको प्रतियोगितामा बागमती प्रदेश भित्रका १४ वटा टिम सहभागी थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *