काठमाडौँ । नयाँ सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँड भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको कार्यदलको बैठकमा चार दलबीच मन्त्रालय बाँँडफाँड भएको हो । जसअनुसार नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र जनता समाजवादी पार्टीलाई २ मन्त्रालय राख्ने सहमति गरेको हो । रास्वपा सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बन्नुहुने भएको छ । रास्वपालाई गृहसहित श्रम र शिक्षा मन्त्रालय दिने टुगो लागेको छ । जसअनुसार डीपी अर्याल श्रममन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमना श्रेष्ठलाई पठाउने भएको छ ।यस्तै अर्थ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दलबाट बनाउँदा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने सम्भावना बढी देखिएको छ । बाँकी ४ मन्त्रालय भने नेकपा एसलगायत गठबन्धनमा थपिनसक्ने दलका लागि राखिएको बालुवाटार स्रोतले बताएको छ ।
Leave a Reply