पब्लिक संवाददाता
बुधबार, फाल्गुन २३, २०८०
0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्ने भएका छन् ।
बुधबार साँझ ४ बजे देउवा निवास बूढानीलकण्ठमा भेट तय भएको लोसपाका नेता सुरेन्द्र झाले जानकारी दिए ।
देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवास कोटेश्वरमा भेटेका थिए । नेपालसँगको भेटमा कांग्रेस नेता रमेश लेखक र देउवा पत्नि आरजु राणा पनि थिए ।
Leave a Reply