त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुग्यो, ३८ जनाको जीवितै उद्धार

 पब्लिक संवाददाता      बुधबार, फाल्गुन २३, २०८०      0

काठमाडौं। त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम कुमार केसीका अनुसार दुर्घटनामा थप एक घाइतेको मृत्यु भएको हो।

रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनालाई जीवितै उद्धार गरिएको थियो।गम्भीर घाइतेहरूलाई काठमाडौं पठाइएको र केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *