स्वाराेजगार दिने वडा अध्यक्ष लामाकाे नागरिक माझ लाेकप्रियता बढ्दै ,२०जनाले पाए सीप संगै मेसिन
पब्लिक खबरदाता
दाेलखा २३ फागुन।भिमेश्वर नगरपालिका ६ द्वारा सञ्चालित महिला आर्यआर्जन कार्यक्रम सीप विकास तालिम अन्तरगत सिलाई कटाई तालिम सम्पन्न गरेकाेे छ ।
तालिमका साथै सहभागी महिलाहरु लागि आत्मनिर्भर बनाउन एक एक थान सिलाई मेसिन समेत वडा नं ६ ले हस्तान्तरण गरेकाे छ।
सिलाई कटाई तालिमको लागि वडाले एक लाख रुपैयाँ खर्च गरेकाे अध्यक्ष नवीन लामाले जानकारी दिनुभएको छ। उहाँ ले भन्नुभयो तिन महिने सिलाई कटाई तालिममा वडाले खरिद गरेका २० वटा मेसिन, १५ दिनकाे पून ताजकी सिप विकास तालिम गराउदै २० जना सहभागीलाई मेसिन समेत हस्तान्तरण गरेकाे छाै ।
महिलाहरूको आर्थिक सशक्तीकरण गर्दै दिगो विकासका लागि यस्ता तालिम काेशेढुङ्गा सावित हुनेछन कार्यक्रम का प्रमुख अतिथि एवम बागमती प्रदेशका माननीय संसद भरत केसीले भन्नुभयो “लैङ्गिक विभेद, हिंसा र सबै प्रकारका कुरीति अन्त्यका लागि सामाजिक रुपान्तरणको अभियान हाे , यस्ता सीप विकास तालिम ।
उिमहिलाको जीवनस्तर उकास्ने¸ स्थानीय स्रोत साधन उपयोग गरि महिलाहरूको आर्थिक सशक्तीकरण गर्ने अपरिहार्य छ
भिमेश्वर नगरपालिका काे उप प्रमुख कमला बस्नेतले दाबि गर्नुभयो ” महिला सशक्तीकरणका लागि क्षमता अभिवृद्धि गर्ने महिला उत्थान कार्यक्रमले जीविकोपार्जन सुधार हुनेछ ।
आर्थिक उन्नयनका लागि स्वाराेजगार मुलक यस्ता कार्यक्रम भिमेश्वर नगरपालिका ६ ले गर्दै अाएकाेले वडा अध्यक्ष लामाकाे स्रर्वसाधरण नागरिककाे बिच लाेक प्रियता बढ्दै गएको छ ।
Leave a Reply