सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता–२०८० सुरु

 पब्लिक संवाददाता      सोमवार, फाल्गुन २१, २०८०      0

पब्लिक खबरदाता
दोलखा २१ फागुन । दोलखामा प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता–२०८० सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन पूर्ब राज्यमन्त्री देवी खड्काले खेलाडी हरू राष्ट्रका गाैरब भएकाेले खेलकुद क्षेत्रमा लाग्न युवा लक्षित कार्यक्रम सरकारले ल्याउन अपरिहार्य रहेकाे बताउनुभयो । नियमितरूपमा खेल खेल्न बाताबरण राज्यले बनाएकाे खण्डमा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरूले देशकाे नाम राख्नेछन खड्काले भन्नुभयो ।
सोमबार सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा दोलखा युवा सञ्जालको आयोजनामा सो प्रतियोगिता सुरु भएको हाे । प्रतियोगितामा बागमती प्रदेश भित्रका १४ वटा टिमको सहभागिता रहेका छन ।

प्रतियोगिताको पहिलो खेल दोलखाको तामाकोशी गाउँपालिका र रामेछापको मन्थली नगरपालिकाबीच प्रतिष्पर्धा भएको थियो। मन्थली नगरपालिकाले साेझाे सेटमा तामाकोसी गाउँपालिका लाई हराएको सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र सान्त्वना हुने टिमले २१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै युवा सञ्जालका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्ब राज्यमन्त्री खड्का, नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज विशाल खड्का,सहिद रित बहादुर खड्का का जिवन सङ्गिनी इन्दिरा खड्का,नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नर पाख्रिन, , जिल्ला समन्वय समिति दोलखाका प्रमुख बुर्जुराम घतानी,प्रमुख जिल्ला अधिकारी टुवाराज पोख्रेल, नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाई, नेकपा माअाेवादी केन्द्रका युवा नेता नबराज अर्याल ,विद्यार्थी नेता जीवन सर्वहारा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको छ।
लामो समयदेखि सुस्ताउँदै गएको जिल्लाको पर्यटकीय गतिविधिलाई चलाए मान गराउनुको साथै महान जनयुद्धका अग्रमोचांका योद्धा तथा पुर्वका चम्किला तारा रित बहादुर खड्‌का “प्रताप को व्यक्तित्व , कृतित्व र स्मृतीको निरन्तरताको लागी दोलखा जिल्लाको भलिबलकाे इतिहामै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता राखिएको युवा सञ्जालका अध्यक्ष पुष्कर अधिकारी जानकारी दिनुभयाे ।प्रतियोगिता २५ गतेसम्म चल्नेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *