प्रचण्डको नेतृत्वमा चार दलीय नयाँ गठबन्धनको पाँच सदस्यीय मन्त्रिमण्डल बन्दै

 पब्लिक संवाददाता      सोमवार, फाल्गुन २१, २०८०      0

काठमाडौं, फागुन २१: नयाँ सत्ता गठबन्धन बन्ने तय भएपछि आज सानो आकारको प्रारम्भिक मन्त्रिपरिषद गठन हुने भएको छ ।

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल भएका छन् ।

नयाँ मन्त्रीमण्डल गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।

नयाँ मन्त्रीमण्डलमा प्रधानमन्त्रीमा प्रचण्ड र चारदलबाट एक-एकजना मन्त्री बनाउने सहमति भएको हो ।

एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने पक्का भएको छ । जसपाबाट सम्भवत उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुनेछन् । माओवादीले मन्त्रीको नाम टुङ्गो लगाएको छैन ।

रवि लामिछानेले कुन मन्त्रालय लिनेछन् भन्ने पनि अझै टुंगो लागेको छैन । उनले गृह मागेका छन् । तर, अन्य दलले गृह र अर्थबाहेक रोजेर लिन आग्रह गरेको स्रोतको दाबी छ ।

जनमत पार्टीलाई पनि सरकारमा लैजाने प्रयास भएको छ । तर, अहिलेसम्म टुंगो लागेको छैन

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *