अल्पाईन कि स्मृति घिसिङ उत्कृष्ट सिङ्गर

 पब्लिक संवाददाता      आइतवार, फाल्गुन २०, २०८०      0

दीपशंकर चाैलागाई
दाेलखा २० फागुन। विद्यार्थी हरूकाे अन्तरनिहित क्षमतालाई उजागर गर्ने उदेश्यले प्याब्सन दोलखाले
प्रथम प्याब्सन दोलखा गायन प्रतिस्पर्धा २०८० (First PABSON Dolakha Singing Competition 2080) आज सम्पन्न गरेकाेछ ।

चरिकोट स्थित त्रिपूरा ग्लोरियस एकेडेमीको हलमा सम्पन्न भयको कार्यक्रममा प्याब्सनमा आबद्ध ७ वटा बिद्यालयको विद्यार्थीहरूकाे सहभागिता रहेको थियोे ।
कार्यक्रमको प्रमुख अथिती नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशकर चौलागाईं ले शिक्षाको उज्यालो छरि समाजलाई समुन्नत बनाउने तागत रहृेका भविष्यका कर्णदारहरू बिच बिचार आदानप्रदन गर्न पाउदा मन हर्षित भएकाे बताउनुभयो ।
भविष्यकाशिक्षक ,समाजसेवी ,डाक्टर ,ईन्जिनियर ,पत्रकार ,मानवअधिकारकर्मी संग वर्तमान समाजमा भएका गतिविधिका विषयमा प्रमुख अतिथिकाे भुमिकामा रही साक्षतकार गर्ने अबसर दिएकाेमा प्याब्सन दाेलखालाई बिशेष धन्यवाद छ अध्यक्ष चाैलागाईले भन्नुभयो ।
विभिन्न समयमा प्याब्सन दाेलखाले विद्यार्थी बिच रचनात्मक कार्यक्रम गर्दै आएकोमा चाैलागाईले खुलेर प्रशंसा गर्नुभएको भयाे ।भविष्यका कर्णदारकाे उचित सम्मान तपाईंहरूले गर्नुभएकाे छ।
गायन प्रतियाेगिताकाे मुल्यांकन चर्चित गायक महाेन तमाङ र थामीले गर्नुभएको थियोे ।

प्याब्सन दाेलखाका अध्यक्ष बिमल शाही ठकुरीकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रथम,दितिय,तृतीय हुने बिद्यार्थीलाई प्रमाणपत्र,ट्रफी प्रमुख अतिथि चाैलागाईले प्रदान गर्नुभएको छ । प्रतियोगितामा अलपाइन पब्लिक स्कुलबाट स्मृति_घिसिङ प्रथम ,हिमालयन क्राउन बाेडिङ स्कुल कि ईसा थापा दितिय ,खिम्ती बाेडिङ स्कुलका ईसान बिक तृतीय, भएका छन।
प्याब्सन पुर्व केन्द्रीय सदस्य जगत श्रेष्ठ प्याब्सन दाेलखाका सचिव गणेश बुढाथोकी ,काेषाध्यक्ष सागर श्रेष्ठले ,त्रिपूरा ग्लोरियसका प्रिन्सिपल तगदिर केसीले गायन प्रतियाेिगतामा उत्कृष्ट हुने विद्यार्थी लाई बधाई तथा शुभकामना दिनुभएको थियाे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *