दीपशंकर चाैलागाई
पब्लिक खबरदाता
दाेलखा २० फागुन ।सर्वाधिक पुरस्कार राशीको प्रथम बागमती प्रदेशस्तरीय अन्तर पालिका सहिद रित बहादुर खडका स्मृप्ति भलिबल प्रतियोगिता साेमबार बाट चरिकोटकाे रंगशाला हुने आयोजकले जनाएको छ।
लामो समयदेखि सुस्ताउँदै गएको जिल्लाको पर्यटकीय गतिविधिलाई चलाए मान गराउनुको साथै महान जनयुद्धका अग्रमोचांका योद्धा तथा पुर्वका चम्किला तारा रित बहादुर खड्का “प्रताप को व्यक्तित्व , कृतित्व र स्मृतीको निरन्तरताको लागी हुने साे प्रतियाेगिताकाे सम्पूर्ण तयारी भएको आयाेजक दाेलखा युवा सञ्जालले पत्रकार सम्मेलन मार्फत जनाएको छ।
खेलकुदको माध्यमबाट युवा परिचालन गरी स्वास्थ्य, अनुशासन, मित्रता र अन्तरसहयोग बृद्धि गर्नुका साधै आर्थिक रूपमा जिल्लालाई समुन्नत बनाउन कार्यक्रम आयोजना गरिएको दाेलखा युवा सञ्जालका अध्यक्ष पुष्कर अधिकारी ले जनाकारी दिनुभयो ।
भाेली चरिकोटकाे टुडिखेल रंगशालामा हुने भलिबल प्रतियाेगितालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले समुद्घाटन गर्नुहुनेछ ।५ दिन सम्म चल्ने भलिबल प्रतियाेगिताकाे २५ फागुनमा समापन हुने आयोजकले जनाएको छ। बागमती प्रदेश सरकारका माननीन सामाजिक विकास मन्त्री कुमारी मोक्तानकाे प्रमुख आतिथ्यतामा प्रतियाेगिताकाे समापन हुने अध्यक्ष अधिकारीले बताउनुभयो ।
प्रतियोगितामा हाल सम्म १५ वटा टिम दर्ता भएको र अझै साेमबार बिहान १०:०० बजे सम्म टिम दर्ताको समय थप भएकोले सहभागी टिम अझै थपिन सक्ने आयोजकको अनुमान रहेको छ। प्रतियोगिताकाे प्रथम पुरस्कार रु. २,५१,०००।- नगद, शिल्ड मेडल र प्रमाण पत्र,
द्वितीय पुरस्कार रु. १,५१,०००।- नगद, शिल्ड मेडल र प्रमाण पत्र , तृतीय पुरस्कार रु.५१,०००।- नगद, शिल्ड मेडल र प्रमाण पत्र,सान्तवना प्रस्कार रु २१,०००।- नगद, प्रमाण पत्र काे व्यवस्थापन गरेकाे दाेलखा युवा सञ्जालका अध्यक्ष अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे। खेल फिफा को नियम अनुसार लिगकम नकाउटको आधारमा हुने छ । खेलाडीको यातायात, खाना बस्नको व्यवस्था र अन्य खर्च टिम आफैले व्यवस्था गर्नुपर्ने आयोजकले जनाएको छ ।
विगत देखि दोलखा युवा सञ्जालले पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, सरसफाई तथा विकास निर्माण एवं विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको क्रियाशिल सामाजिक संस्था हो । यस अघि यश संस्थाकाे आयाेजनामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता दोलखामा भव्यताका साथ सम्पन्न भएको थियोे ।
Leave a Reply