
दुई जना प्रधानाध्यापक सहित धेरै शिक्षकहरू नेपाल शिक्षक संघमाा प्रवेश
पब्लिक खबरदाता
दाेलखा १९ फागुन । नेपाल शिक्षक संघ दाेलखाको २५ औँ जिल्ला प्रतिनिधि सभा दुई जना प्रधानाध्यापक सहित धेरै शिक्षकहरू नेपाल शिक्षक संघमाा प्रवेश गरेकाछन ।
शिक्षककाे पेशागत सुरक्षा र समयसापेक्ष गुणस्तरीय शिक्षण सिकाई सम्बन्धि तालिम गाेष्ठी नेपाल शिक्षक संघ दाेलखाले गरेका कारण संघमा आकर्षण बढेकाे हाे ।
जिल्ला प्रतिनिधि सभामा श्री त्रिपुरासुन्दरी आधरभुत विद्यालयका प्रअ प्रमिला थामी, श्री बुद्ध प्रावि भिनपा ९का प्रअ जुना बिक,त्रिपुरासुन्दरी आ बि कै शिक्षक सम्झना श्रेष्ठ लगायत धेरै संख्यामा शिक्षकहरू संघमा प्रवेश गरेकाे नेपाल शिक्षक संघ भिमेश्वर नगर समितिका अध्यक्ष युवराज पाठकले जानकारी दिए ।
भिमेश्वर नगरपालिकामा शिक्षक संघलाई सबभन्दा ठुलाे संगठन बनाउने छाै पाठकले भने समाज रुपान्तरणमा प्रमुख भूमिका खेल्ने शिक्षकहरुले कहिल्यै शिर झुकाउनु नपर्ने गरी काम गर्न संघका शिक्षकहरूमा उत्प्रेरणा जगाउन नगरसमिती अनवरत रूपमा लाग्ने छ । नेपाल शिक्षक संघ दाेलखा एक सशक्त संगठन बन्न सफल भएको छ यसकाे गरिमा जाेगाउन लाग्नेछाै शिक्षक नेता एकराज शिवाकोटीले बताए “सामुदायिक विद्यालय र सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धी गर्न शिक्षक संघमा आवद्ध सबै शिक्षकहरु प्रतिबद्ध भएर लाग्नेछन। ”
संघले आफ्नो संगठनलाई मजबुत बनाउन याेगदान पुर्याउने शिक्षकहरूलाई सम्मान गरेको छ।
नेपाल शिक्षक संघ दोलखाको २५ औं प्रतिनिधि सभा उपाध्यक्ष गीताकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भएकाे उक्त प्रतिनिधीमा सभा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु शिवाकोटी, भीमेश्वर नपाका मेयर एवं नेकां का नेता इश्वरनारायण मानन्धर, कालिन्चोक गाउँपालिका अध्यक्ष एवं नेका उपसभापति अर्जुनप्रसाद शिवाकोटी, संघीय समिति उपमहासचिव गीता शिवाकोटी , बागमती प्रदेश उपाध्यक्ष दीपशंकर चौलागाई,नेपाल ट्रेड युनियन कांग्रेस दाेलखाका अध्यक्ष शम्भु गाैतम, नेपाल तरूण दलका केन्द्रीय सदस्य गाेपी शिवाकोटी ,नेपाल शिक्षक संघ बागमती प्रदेश सदस्य दुर्गादेवी गुरूङ, नेपाल शिक्षक संघ भिमेश्वर नगरका अध्यक्ष युवराज पाठक, नेपाल शिक्षक संघ तामाकोसी गाउँपालिका अध्यक्ष सन्ताेष कार्की , नेपाल शिक्षक संघ गाैरीशंकर गाउँपालिका अध्यक्ष हुकुन्द्र खड्का, नेपाल शिक्षक संघ दाेलखा महिला उपाध्यक्ष अम्बिका काफ्ले लगायतले सम्बाेधन गरेका छन ।
सचिव अर्थ शम्भु सुवेदीले आर्थिक प्रतिवेदन तथा सचिव राजेश बस्नेतले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Leave a Reply