अनलाइन हिंसा रोक्न साइबर सचेतना आवश्यक

 पब्लिक संवाददाता      बिहिबार, फाल्गुन १७, २०८०      0

पब्लिक खबरदाता
फागुन १७ , । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भौतिक दुनियाँमा जसरी मानवीय मर्यादा र सामाजिक सौहार्दता कायम गरेर समाजलाई व्यवस्थित गरेका छौँ, त्यसै गरि भर्जुचल दुनियाँमा पनि त्यसरी नै मानवीय मर्यादा र सामाजिक सौहार्दता कायम गर्नतिर जोड दिनुपर्ने बताउनुभयाे । मन्त्री शर्माले भन्नुभयो, “त्यसका लागि जनस्तरसम्म व्यापक मात्रामा साइबर सचेतना र सुरक्षाका कार्यक्रम बढाएर लैजानुपर्छ ।”

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै
सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले साे कुरा बताउनुभएकाे हाे ।

तीनै तहका सरकार, विद्यालयहरू सहित सबै सार्वजनिक क्षेत्र र आम सचेत नागरिक साइबर सुरक्षाको क्षेत्रमा गम्भीर रूपमा लाग्नुपर्ने जोड दिँदै उहाँले कक्षा आरम्भ गरेदेखि नै हरेक विद्यार्थीलाई साइबर सचेतनाको शिक्षा दिनेगरी पाठ्यक्रममा व्यवस्था गर्नुपर्ने बताउनुभयो । त्यसो गर्दा अनलाइन हिंसाका घटना कम गर्न र महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत सबैको अनलाइन सुरक्षा कायम गर्न सकिने उहाँको विश्वास छ ।
पछिल्ला वर्षहरूमा साइबर अपराधका घटना बढ्दै गएको र त्यसमा बढी महिला पीडित हुने गरेको औँल्याउँदै उहाँले सयौँ वर्षदेखि सामाजिक सोच र संरचनामा रहेको लैङ्गिक विभेदको प्रभाव अनलाइनको माध्यमबाट अझ बढी विस्तार भइरहेको बताउनुभयो । “महिला हिंसाका स्वरूप फेरिएका छन्, अब यसको न्यूनीकरणका लागि सचेतनाका स्वरूप पनि बदल्नुपर्छ”, मन्त्री शर्माले भन्नुभयो, “सूचना प्रविधिको दुरुपयोग रोक्न तद् अनुरुप कानुनी र संरचनात्मक व्यवस्था पनि आवश्यक छ । यसका लागि सरकार गम्भीरतापूर्वक लागेको छ ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *