दीपशंकर चाैलागाई
दाेलखा १३ फागुन ।विश्वका शक्तिशालि देशसंग प्रतिस्पर्धा गर्ने एक मात्र माध्यम खेलकुद भएकाेले यस क्षेत्रकाे विकास काे लागी सरकारकाे ध्यान जान आवश्यक रहेकाे छ । बाग्मति प्रदेश सभा सदस्य भरत बहादुर केसि खेलाडीहरू राष्ट्रका गहना नभई राष्ट्रका गाैरव भएकाे हरेक खेलकाे लागि सरकारले नितिगतरूपै बजेट बिनियाेजन गर्न आवश्यक रहेकाे प्रदेश माननीय केसीले धारणा व्यक्त गर्नुभयो ।
जिल्ला खेलकुद बिकास समिति दोलखा द्वारा अायोजित
नेपाल इनक्रोप्रोटेट क्योकुशिन कराते/जुनियर(अफिसियल) कराते प्रतियोगिता उद्घाटन गर्दै केसीले अमेरिका जस्तो शक्तिशाली देशलाई मार्सल आर्ट जस्ता प्रतियाेगितामा माध्यम नेपाली खेलाडीले पराजित गरेकाे ईतिहास जिवन्त रहेकाे बताउनुभयो ।
प्रथम दोलखा जिल्ला स्तरिय नेपाल इनक्रोप्रोटेट क्योकुशिन कराते/जुनियर(अफिसियल) कराते प्रतियोगिता
जिल्ला खेलकुद बिकास समिति दोलखा द्वारा आयोजना गरिएको थियोे ।
नेपाल इनक्रोप्रोटेट क्योकुशिन कराते/जुनियर(अफिसियल) कराते प्रतियोगिताका खेलाडीहरूलाई नेकपा एकीकृत समाजवादी दाेलखाका नेता गोपाल न्यौपाने, भिमेश्वर नगरपालिका मेयर ईश्वरनारायण मान्नधर,,उप मेयर कमला बस्नेत ,भि.न.पा-६ वडा अध्यक्ष नवीन लामा, भि.न.पा-४ वडा अध्यक्ष तारानाथ चौलागाई,,बिगु-६ वडा अध्यक्ष टहल थामि,प्रमुख रेफ्रि , सुरक्षा निकाय प्रमुख, जिल्ला खेलकुद बिकास समिति चरिकोट दोलखा अध्यक्ष रामहरि शिबाकोटि लगायतले खेल क्षेत्रमा दत्तचित्त भएर लाग्न शुकामना दिनुभएको थियाे ।
नेपाल इनक्रोप्रोटेट क्योकुशिन कराते/जुनियर(अफिसियल) कराते प्रतियोगिताकाे अध्यक्षता जिल्ला खेलकुद बिकास समिति दोलखाकाअध्यक्ष रामहरि शिबाकोटिले गर्नुभएको थियोे ।करिब एक सय जना खेलाडीकाे उपस्थिति रहेकाे थियोे ।
Leave a Reply