गुणस्तरीय आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षा जस्ता कारण जिल्लाकै उत्कृष्ट शैक्षिकसंस्था बन्न सफल कुटीडाँडा माविको ४८ औं वार्षिक उत्सव सम्पन्न

 पब्लिक संवाददाता      शनिबार, फाल्गुन १२, २०८०      0

दीपशंकर चाैलागाई
दाेलखा १२फागुन।जिल्लाकै उत्कृष्ट शैक्षिकसंस्थाका रूपमा स्थापित हुदै गएकाे श्रीकुटीडाँडा माध्यमिक विद्यालयको ४८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस हर्साेउल्लासका साथ सम्पन्न भएको छ । जीवनउपयोगी शैक्षिक पाठ्यक्रम र सरल अध्यापन शैली अपनाएको यो विद्यालयमा सौहार्दपूर्ण वातावरणमा पढाईं हुँदै आएको छ ।
गुणस्तरीय आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा श्रीकुटीडाँडा माध्यमिक विद्यालयले विशेष ध्यान दिने गरेको छ । शिक्षक विद्यार्थीबीचको सुमधुर सम्बन्धले पनि यो विद्यालय सबै अभिभावक माझ प्रिय बनेकाेछ ।

भीमेश्वर नगरपालिका वडा नं. ७ मकैबारीमा २०३२ सालमा स्थापना भएको कुटीडाँडा मावि ४८ वर्ष पुगेकाे छ ।
शैक्षिक परिणाम र व्यवस्थापकिय पक्षलाई अध्ययन गरेर हेर्दा पछिल्लो समयमा दाेलखाका सामुदायिक विद्यालयहरुको अवस्था पनि धेरै नै सुधारिँदै गएको देखिन्छ । अंग्रेजी माध्यम, शिक्षण र शैक्षिक पद्धतिमा सुधार ल्याएपछि यस विद्यालयमा भर्ना हुन निजी स्कुलका विद्यार्थीसमेत आउने गरेका छन् । यस शैक्षिक सत्रमा ५सय३५ विद्यार्थी रहेकाछन प्रधानध्यापक शंकरलाल श्रेष्ठले जानकारी दिनुभयाे।

सामुदायिक विद्यालय कमजोर हुनुमा हाम्रो नीतिमा पनि समस्या छ अनि नियतमा । सरकारले सामुदायिकको स्तर उकास्ने नीति ल्याउन सकेको छैन । निजीमा छोराछोरी पढाउनेहरुले नीति बनाएको अवस्था आएकाे प्रधानध्यापक श्रेष्ठले ठाेकुवा गर्नुभयो ।
सबैले सामुदायिकमा पढाउने नारा ल्याए केही वर्षमा निजीभन्दा अब्बल बन्छन् सामुदायिक विद्यालय श्रेष्ठ भन्नुहुन्छ पाठ्यक्रम पनि अहिलेको विद्यार्थी सुहाउँदो समयसापेक्ष छैन ,पढाउने ढंगमा पनि सुधार ल्याउन जरुरी छ ।

यस विद्यालयले वार्षिक उत्सवकाे अवसरमा विविध कार्यक्रम छ । वार्षिक उत्सवकै अवसरमा विद्यालयलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति, निकायलाई सम्मान का साथै विद्यालयमा अक्षय कोष, छात्रवृत्ति स्थापना गर्ने व्यक्तिहरुलाई अभिनन्दन समेत गरेको छ ।
वार्षिक उत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम र विद्यार्थीहरुले तयार पारिएका शैक्षिक प्रदर्शनी गरेकाे छ । ग

शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापले पनि अग्रस्थानमा हेरिने यस विद्यालयले जिल्ला स्तरमा हुने हरेक क्रियाकलापमा सक्रिय सहभागिता जनाउदै आएकाेछ ।  बागमती प्रदेश सभाका सदस्य भरत केसीले ४८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस उद्घाटन गर्दै शैक्षिक उनन्यनलाई सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू समान पाेशाक,समयसापेक्ष शिक्षककाे क्षमता अभिबृध्दी तालिम , नयाँ प्रविधि दुरा शिक्षण सिकाई प्रयाेगात्मक तालिम जस्ता अभियान आफुले सुरू गरेकाे बताउनु भयाे ।शिक्षा विना कुनै पनि मुलुककाे विकास सम्भव छैन ,हरेक पक्षकाे सम्वृध्दीका लागि गुणस्तरीय शिक्षा अपरिहार्य छ,केसीले भन्नुभयो यस नमुना कुटिडाँडा माध्यमिक विद्यालय बनिरहेकाेमा बर्तमान विद्यालयकाे नेतृत्वकाे उहाँले खुलेरप प्रशांसा गर्नुभयो ।
भिमेश्वर नगरपालिका काे उप प्रमुख कमला बस्नेतले नेपाली शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्ने जिल्लाकाे मुख्य शैक्षिक संस्था कुटीडाँडा मावि रहेको बताउनुभयो ।उहाँ भन्नुभयो यसकाे अनुसरण जिल्ला अन्य विद्यालयले गरिरहेका कारण वर्तमान शैक्षिक नेतृत्वलाई झन बढि जिम्मेवारी थपिएकाे छ।

वार्षिक उत्सव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङको अध्यक्षता भएकाे कार्यक्रममाशिक्षा समन्वय इकाईका प्रमुख शंकरबाबु श्रेष्ठ,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाइ,भिमेश्वर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष नविन लामा, ७ का वडाअध्यक्ष विनोद लामा लगायतले शैक्षिक सुधारका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्षिक उत्सव विद्यालयले शैक्षिक सुधारका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने तीन जना संचारकर्मीलाई दाेसल्ला अाेढाई सम्मान गरेकाे छ । नेपाल टेलिभिजन दाेलखा संवाददाता दीपशंकर चाैलागाई,कान्तिपुर टेलिभिजन दाेलखा प्रतिनिधि केदार शिवाकोटी ,कालिञ्चाेक एफएमका स्टेसन म्यानेजर जीवन लामा सम्मानित भएका छन ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *