फोटो पत्रकार समूह दाेलखाकाे अध्यक्षमा आचार्य

 पब्लिक संवाददाता      शुक्रबार, फाल्गुन ११, २०८०      0

११ फागुन।राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा दोलखाको प्रथम जिल्ला अधिवेशनले प्रल्हाद आर्चायको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय फोटो पत्रकार समुह गठन गरेकाे छ।
सदरमुकाम चरिकोटमा भएकाे राष्ट्रिय फोटो पत्रकार समूहमा उपाध्यक्ष तारादेवी बस्नेत,सचिव गोविन्द थामी,सहसचिवमा सुजन थामी र कोषाध्यक्ष प्रकाश बस्नेत र सदस्यहरुमा हिरालाल विश्वकर्मा अनिता लामा चयन भएकाछन ।
कार्यक्रम प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के,नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्णसारु मगर,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई ,राष्ट्रिय फोटो पत्रकार समुहको केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठ र राष्ट्रिय फोटो पत्रकार समूह बागमति प्रदेश समुहको सचिव कुमार श्रेष्ठ लगायत फाेटाे पत्रकारिता सम्बन्धि बिचार व्यक्त गर्नुभएको थियोे ।
चरिकोट मिडिया फाउण्डेशन दोलखाको अध्यक्ष जीवन लामाले राष्ट्रिय फोटो पत्रकार समुह गठन गर्न सहजिकरण गर्नुभएको थियाे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *