दीपशंकर चाैलागाई
११ फागुन ।ग्रामीण क्षेत्रमा हराउँदै गएको हाट– बजारलाई निरन्तरता दिन दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ८ मिलघुम्तिमा बिहीबारबाट हाट बजार सुरु भएको छ।
साना किसान कृषि सहकारी संस्थाको पहलमा कालिञ्चोक गाउँपालिका, वडा नम्बर– ८ काे आर्थिक सहयोगमा हाटबजार सुरु गरिएको सहकारीका अध्यक्ष होम प्रसाद पाठकले बताउनुभयाे। विगतमा सुनखानीकै गुमुखोला हाट दोलखाकै चर्चित हाट मानिन्थ्यो अध्यक्ष पाठकले भन्नुहुन्छ – सहरीकरण र सडकको पहुँचले गुमुखोला हाट झन्डै २५ वर्ष अघिदेखि विस्थापित बन्यो, याे गुमुखोला हाटकै निरन्तरताको रुप हाे ।
स्थानीय समाजसेवी एवम वडा नम्बर ८का अध्यक्ष सुर्यबहादुर आचार्यले भन्नुहुन्छ स्थानीय किसानहरुको उत्पादनलाई स्थानीय स्तरमै व्यवस्थापन गर्न सुनखानीकै मिलघुम्तिमा हाट सुरु गरेका छाै । गुमुखोला हाट जस्तै प्रत्येक महिनाको १० गते र २५ गते लाग्ने हाट व्यवस्थापन गर्ने छाै । हाटमा स्थानीय उत्पादन आलु, काउली, सुन्तला, गोलभेडा, सिस्नु, बोडी, सिमी, केराउ, लसुन, प्याज, खुर्सानी, कागती, साग, लोकल कुखुरा, खसी– बोका, भुईकटर, मास, मस्याङ, दुग्धजन्य उत्पादन, डोको, खुकुरी लगायत राखिएको वडा नम्बर– ८ सुनखानीका वडा अध्यक्ष आचार्यले बताउनुभयाे।
हाटमा धेरै महिला किसानहरु आफ्नो उत्पादन लिएर आउनु भएको छ। स्थानीय हाटमा आफ्नो उत्पादन बिक्री गरेर ग्रामीण महिलालाई घर खर्चमा निक्कै टेवा पुग्न सक्छवडा नम्बर ७ का अध्यक्ष राम पाण्डेले भन्नुभयो ” आर्थिक उनन्यानका लागि हाटबजार काेशेढुङ्गा सावित हुनेछ। ”
गुमुखोला, छौडे, मेलुङ, जिरी, गुरुमफी, तिनेखु, सिंगटी, साङवा, भैसे लगायतका हाटहरु निक्कै चर्चित हुने गर्थे । स्थानीय उत्पादन सस्तोमा पाउन हाट निक्कै उपयोगी हुने पाण्डेले बताउनुभयो ।
कालिञ्चोक गाउँपालिकाका प्रमुख अर्जुन शिवाकोटीले सुनखानी– मिलघुम्ति हाटको शुभारम्भ गर्नुभएकाे छ।
Leave a Reply