रुखले किचेर ३८ बर्षिया महिलाको मृत्यु

 पब्लिक संवाददाता      शुक्रबार, फाल्गुन ११, २०८०      0

 

दीपशंकर चाैलागाइ
११ फागुन ।दाेलखाको जिरी नगरपालिका वडा नम्बर ९ ठुलोपातलमा रुख काट्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।
जिरी नगरपालिका वडा नम्बर ९ ठुलोपातलका जितबिर पाख्रिनकी श्रीमती ३८ वर्षीया अनिता तामाङको रुखले थिचेर मृत्यु भएको छ । रुखले किचेर गम्भिर घाइते भएकी अनितालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बिच बाटौमै मृत्यु भएको जिरी नगरपालिका-९ का वडा अध्यक्ष ज्ञानु पाख्रिनले जानकारी दिनुभयो ।

आज बिहान दाउराका लागि रुख काट्ने क्रममा रुखमा किचेर अनिताको टाउकोमा लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *