दाेलखा ९ फागुन।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)दाेलखाले बुधबार सदरमुकाम चरिकोटमा सरकार बिरूध चर्काे नाराजुलस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ४० बुँदे माग बुझाएकाे छ।
राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका ४० बुँदे माग प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी टुबराज पाेखरेल मार्फत मागपत्र पठाए हो।
‘ देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने र दबावमूलक प्रदर्शन गर्ने कार्यक्रम अनुसार दाेलखामा पनि बुझाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाेलखाका कार्यवाहक अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिनुभयाे।
आजै राप्रपाले दाेलखाको चरिकोटमा विरोध सभाको गरेको छ।‘सभालाई सम्बाेधन गर्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले दाेलखाली नागरिकका समस्या जहाँको त्यहीँ रहेका र जिल्लाले विकासको गति लिन नसकेकाले नयाँ सोच, सम्झौता र राजनीतिक प्रणालीबिना यथास्थितिबाट कुनै पनि समस्याको समाधान ननिस्कने दाबि गर्नुभयो । जनताका यिनै समस्याको निकास खोज्नका लागि राप्रपाले आन्दोलनमा उत्रिएको हाे ।
महँगीदेखि लिएर जनजीविकाका विविध सवालमा राप्रपाले आन्दोलन गर्ने छ श्रेष्ठले भन्नुभयो “जनताका समस्याको समाधान खोज्न र देशमा सुशासन कायम गराउनका लागि आन्दोलन काे आँधी बेरी सृजना गर्ने छाै ।”
Leave a Reply