ट्राफिक सप्ताह’ सम्पन्न ५० हजार दाेलखाली लाभान्वित
दाेलखा ३ फागुन। ट्राफिक प्रहरी कार्यालय दाेलखाले ट्राफिक सप्ताह’ सम्पन्न गरेको छ । बिहीवारदेखि शुरू भएको सप्ताह कार्यक्रम शहर ,सदरमुकाम लक्षित गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाेलखाले अभियान सम्पन्न गरेकाेछ ।
लापरबाही गरी चलाएका सवारीसाधनबाट हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न समुदायमा सचेतना फैलाउनुपर्छ भन्ने धेयले ट्राफिक सप्ताह गरिएकाे प्रहरी सहायक निरिक्षक देवकुमार घिसिङले बताउनुभयो । ट्रफिकले संचालन गरेकाे साप्ताहि कार्यक्रमले ५० हजार दाेलखालीले सेवा पाएकाेले ट्राफिक सप्ताह जिल्लामा थप प्रभावकारी बनेकाे हाे ।
दाेलखा अन्तर्गत काठमाडौंबाट हिमाली राजमार्ग हुँदै शैलुङ,मेलुङ, जिरी,लामाबगर,मार्बु बाम्ती ,शिवालय,पुष्पलाल राजमार्ग हुँदै खिम्ती मन्थली रामेछाप, यातायातका साधन सञ्चालन हुन्छन् ।
उद्घाटन दिन ट्रफिक कार्यालयले जिल्लाका विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित बृहत् सचेतना प्रभातफेरीसमेत गरिएको छ । दोस्रो दिन (शुक्रवार) स्वंयसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाइएको, विभिन्न क्षेत्रमा सचेतना स्टिकर टाँस, पर्चा पम्लेट वितरण गर्ने कार्यक्रम गरेकाे जिल्ला ट्रफिक कार्यालयले दाेलखाका प्रमुख प्रहरी सहायक निरिक्षक घिसिङले जानकारी दिनुभयो ।
तेस्रो दिन आज ग्रामीण सडक लक्षित कार्यक्रमअन्तर्गत बढी भाडा अनुगमन, मास्क वितरण र सिट क्षमताभन्दा बढी यात्रु अनुगमन गरेकाे छ । आइतवार ‘सवारी चालकसँग पाँच मिनेट’को कार्यक्रम तथा ओभरटेक गर्ने विधिको प्रशिक्षण, तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई प्रशिक्षण दिएको प्रहरी सहायक निरिक्षक घिसिङले पत्रकार सम्मेलन जानकारी दिनुभयो ।
सोमवार विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम, गाउँ टोल सुधार समिति र स्थानीयवासीलाई ट्राफिक सचेतना समेत गराइएकाे बताउदै घिसिङले भन्नुभयो मङ्गलवार चालक तथा सहचालकको सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम तथा सवारीसाधनको यान्त्रिक परीक्षण गरिएकाे थियोे ।
कार्यक्रमको अन्तिम दिन आज ट्राफिक सप्ताहको उपलब्धि र प्रभावकारिताका बारेमा सम्पूर्ण सरोकारवाला क्षेत्रसँग अन्तरक्रिया गर्दै दिपावाली समेत गरेकाे छ ।
जिल्ला ट्राफिककार्यालयकन बर्तमान नेतृत्वका कारण जिल्लामा कुनै पनि अप्रिय घटना नभएकाे नागरिक समाज दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाईले बताउनुभयो ।
Leave a Reply