दुबै गुटबाट बाहिरिए दुलाल,अध्यक्षमा श्रेष्ठ र पाेखरेल बिच कडा प्रतिस्पर्धा हुने अनुमान

 पब्लिक संवाददाता      बुधबार, माघ २४, २०८०      0

दुबै गुटबाट बाहिरिए दुलाल,अध्यक्षमा श्रेष्ठ र पाेखरेलकाे बिच कडा प्रतिस्पर्धा हुने अनुमान
दाेलखा २३ माघ ।नेकपा एमाले दोलखाको नयाँ नेतृत्वका लागि दुई प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ । केही उम्मेदवार भने प्यानल बाहिरका  रहेकाछन।

दुई समुहले छुट्टाछुट्टै समुह बनाएर उम्मेदवारी दर्ता गरेका हुन् ।  पार्वत गुरूङ र आनन्दप्रसाद पाेखरेलका फरक फरक समूह रहेकाे छन। बर्तमान अध्यक्ष नरवहादुर श्रेष्ठ पार्वत गुरूङ समुहका र  पूर्व अध्यक्ष इश्वरचन्द्र पोखरेल ,आनन्द प्रसाद समुहका  अध्यक्ष पदका उम्मेदवार  हुन ।  यस पटक  भरत दुलाल दुबै समुहबाट बाहिरिएका छन ।

समूह बनाए पनि अध्यक्ष बाहेक अरू पदमा  उम्मेदवार हेरर मत हाल्ने तयारी रहेकाे ७० प्रतिशत प्रतिनिधिहरूकाे  भनाइ रहेकाे छ ।दुबै समुहमा महत्त्वपूर्ण व्यक्तित्वहरूले उम्मेदवारी दिएकाेले छानेर मत दिने छाै । नेकपा एमालेकाे पार्टी संगठनलाई थप मजबुत बनाउने नेता हामीलाई  चाहिएको छ धेरै प्रतिनिधि यही भन्छन।अध्यक्ष पदमा  इश्वरचन्द्र पोखरेलको , उपाध्यक्षमा हिरा थोकर र सचिवमा कृष्णवहादुर बस्नेत, उपसचिवमा मेनुका सुवेदी र हरि ओलीले उम्मेदवारी दिएका छन् । जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दिनेहरु समुह छुटिसकेकाे छैन । रातभरिमा छुटिने छ।
त्यसैगरी  नर बहादुर  श्रेष्ठको अध्यक्ष ,  राजेन्द्र मानन्धर उपाध्यक्ष ,  स्वयंवहादुर खड्का सचिव,कमला बस्नेत उपसचिव र इश्वर न्यौपाने उपसचिवमा उम्मेदवारी दर्ता गराएका छन ।

उता,अध्यक्ष पदमा नेता भरत दुलालले पनि उम्मेदवारी दिएका छन् । उनकाे उम्मेदवारीलाई गहण रूपमा हेरिरहेको छैन ।दुलालले आफ्नो कुनै गुट नभएको र साझा उम्मेदवारकोरुपमा मनोनयन दर्ता गराएको प्रतिक्रिया दिदैआएकाछन।
पाेलिटव्युराे सदस्यदाेय  पार्वत गुरुङ र आनन्द प्रसाद पाेखरेलकाे जुंगाकाे लडाइँले एमाले दोलखाको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने सम्भावना न्यून छ । यस्ता कदमले पार्टी संगठनमा ठुलाे आघात पुराउने छ ,स्वाभिमानी कार्यकर्ताहरूले गुनासो गर्दै आएकाछन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *