निश्कलंक छविका नेता हिराकुमार थाेकरलाई उपाध्यक्षमा मत दिन आव्हान

 पब्लिक संवाददाता      मङ्लबार, माघ २३, २०८०      0

निश्कलंक छविका नेता हिराकुमार थाेकरलाई उपाध्यक्षमा मत दिन आव्हान

दाेलखा २३ माघ।नेकपा एमाले दाेलखाका आशाका केन्द्र युवाहरूका मनका ढुकढुकी हिराकुमार थाेकर नेकपा एमाले काे १० औ जिल्ला अधिवेशनमा उपाध्यक्ष का उम्मेदवार बन्नुभएकाेछ । लामाे समय नेपाल कम्युनिस्ट पार्टी एमालेकाे पार्टी संगठनमा निरन्तर काम गर्ने निश्कलंक नेताका रूपमा परिचित थाेकर हाल मेलुङ गाउँ पालिकाकाे अध्यक्ष हुनुहुन्छ ।
उहाँ अनेरास्ववियु ,युवा संघ हुदै गत जिल्ला अधिवेशनमा सबैभन्दा लाेकप्रिय शानदार मत ल्याइ पार्टी सचिव बन्नुभयाे ।विकासका दृष्टिकोणमा उत्कृष्ट पालिका अध्यक्षका रूपमा स्थापित थाेकर कुनै पनि लाेभ लाल्चा नगर्ने जनपक्षिय नेता हुन। माओवादीकाे युद्ध कालिन समयमा गाउँमा बसी मानसिक यातना सहेर पनि नेकपा एमालेका नेता तथा कार्यकर्ता लाई एकताबद्ध बनाई पार्टी संगठन कमजोर हुन नदिने साहासी युवा नेता हुन।२०४३ सालमा पार्टीको प्रारम्भिक कमिटी र २०४७ सालमा सङ्गठित सदस्यता लिएका उनी दोलखा एमालेमा निडर, निष्ठावान, धैर्यवान र ड्यासिङ नेताका रुपमा चिनिन्छन् ।  घ्याङसुकाठाेकर ,मेलुङ,भेडपुमा बसी द्वन्दकालमा नागरिकको जीवन रक्षा गर्दै एमाले कार्यकर्ताकाे शिर उच्च बनाए बापत गठबन्धन दललाई समेत परास्त गरि मेलुङगाउ पालिकामा जनताले एमालेलाई विजयी गराएका हुन।
हिराकुमार थाेकरका कारण एमालेकाे शिर कहिले पनि झुक्न दिएका छैन एमाले नेता जिवस खड्काले भन्नुभयो ।जुन संस्थामा नेतृत्व गर्याे त्यहाँ आर्थिक घाेटाला गर्नेहरू थाेकरका प्रतिस्पर्धी हुन सक्दैन खड्का भन्नुहुन्छ आर्थिक पारदर्शिता नै थाेकरकाे जिवनकाे सुन्दरपक्ष हाे।

नेकपा एमालेकाे शिथिल हुदै गएको संगठनलाई बलियो र मजबुत बनाउन यो अधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्नेछ उपाध्यक्ष उम्मेदवार थाेकरले बताउनुभयो । थाेकर भन्नुहुन्छ “पार्टीलाई राजनैतिक, वैचारिक र जन आधारित बनाउदै समृद्ध र विकसित दोलखा निर्माण गर्न एउटा विवेकशील, स्वाभिमानी एवम् जनता र कार्यकर्ता प्रति जवाफदेही नेतृत्व चयन हुनेछ ।”
कसैको दबाब र प्रभावमा नपरी आफ्नो स्वविवेक प्रयोग गरि एमालेका कार्यकर्ताकाे सेवामा समर्पित व्यक्तिलाई मत दिनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु थाेकरले भन्नुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *